लुम्बिनी

काँग्रेस र समाजवादी पार्टीका सांसदले संशोधन प्रस्ताव पेस



बुटवल २० असोज । प्रदेश ५ को राजधानी बुटवल कि दाङ भन्ने विषयमा विवाद जारी छ। राजधानीको विषयमा पेचिलो बहस जारी रहेकै बेला सरकारले दाङलाई राजधानी बनाउने प्रस्ताव पेस गरेपछि आज फेरि संशोधन प्रस्ताव परेको छ । स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्तावमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका ४ जना सांसदले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको  छ  । काँग्रेसका रमा अर्याल र पुष्पा थरुनी, जसपाकी पुरमति ढेगा र सहसराम यादवले संशोधन प्रस्ताव दर्ता गराएको प्रदेशसभाका सूचना अधिकारी दिनेश अधिकारीले  जानकारी दिए ।

     उनले ४ सांसदबाट ३ प्रस्ताव दर्ता भएको बताए ।जसपाका पुरमति ढेगा र सहसराम यादवले प्रदेशको नाम थरुहट र अगध मगरात राख्न प्रस्ताव गरेका छन् । त्यस्तै नेपाली काँग्रेसकी प्रदेशसभा सदस्य पुष्पा थरुनीले रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने प्रस्ताव दर्ता गरेकी छिन् ।  काँग्रेसकै सभासद रमा अर्यालले प्रदेशको स्थायी राजधानी तोक्न बैकल्पिक प्रताव दर्ता गराएकी छिन् ।

         उनले पूर्वमा नवलपरासीको बर्दघाट नगरपालिका, पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउँपालिका र दक्षिणमा रुपन्देहीको शिद्धार्थ नगरपालिका चार किल्ला हुने गरी स्थायी मुकाम बनाउनुपर्ने संशोधन प्रस्तावमा उल्लेख गरेकी छिन् ।यता, प्रदेशसभामा कानुनमन्त्री कुलबहादुर केसीले दाङको राप्ती र गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा नगरपालिकाले ओटगेको राप्ती नदी किनारको मैदान भागलाई स्थायी राजधानी बनाउनुपर्ने प्रस्ताव पेश गरेका छन् । उक्त प्रस्तावमा नाम लुम्बिनी राख्ने उल्लेख छ ।  भर्खरै प्रदेशसभा बैठक  सुरु भएको छ ।

प्रकाशित : २० आश्विन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६