अर्थ-वाणिज्य

५ महत्वपूर्ण काम तत्काल गर्ने सर्बपक्षिय सहमति ,श्रोत दोहनमा कठोर बन्न सांसद घिमिरेको आग्रह



कपिलवस्तु २१ असोज  बाणगंगामा भएको सर्बदलिय अन्तरसंवादवाट ५  काम तत्काल गर्ने निष्कर्ष निकालिएको छ ।प्राकृतिक श्रोत दोहन वा तस्करी विरुद्ध कठोर कारवाही गर्ने , नगर प्रहरी तत्काल राख्ने , बसपार्क निर्माण शुरु गरिहाल्ने , फोहोर ब्यवस्थापनमा एकछिनपनि ढिला गर्न नहुने र आन्तरीक ठेक्का पटटा सूचारु गर्ने निष्कर्ष निकालिएको हो । नगरपालिकाले आयोजना गरेको सर्बपक्षिय अन्तरसंवादवाट यस्तो सहमति भएको हो । सो अवसरमा बेल्दै सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य  कपिलवस्तु  सह इन्चार्ज विमला घिमिरेले चोरी तस्करी गर्ने छुट कसैलाई नभएको बताउनु भयो  ।

    बाणगंगा नगरपालिकाले मंगलवार कोरोना महामारीका कारण प्रभावित नगरका आन्तरिक आयका ठेक्का पट्टाहरु ,नदिजन्य पदार्थ चोरी निकासी लगायतको विषयमा  राखेको सर्बदलिय अन्तरसम्बाद कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।  नदिजन्य पदार्थको चोरी निकासी गर्नेलाई कडा कारवाहि गर्नु पर्ने उहाँले बताउनु भएको छ । स्थानिय सरकार  र प्रहरी प्रशासनले निगरानी राखी चोरी गर्ने तस्करहरुलाई कानुनी दायरामा ल्याउनु पर्नेमा सांसद घिमिरेले जोड दिनु भयो । 

    चोरी निकासीको समस्या सधै उठ्ने तर समाधान नहुने भएको छ , अबका दिनमा त्यसो हुनु हुदैन उहाँले भन्नु भयो । नगरपालिकाले आन्तरिक ठेक्का पट्टा कानुन सम्मत खुलाएर सहज बाताबरण मिलाउनु पर्छ , उहाँले भन्नु भयो । कार्यक्रममा बोल्दै नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले नदिजन्य पदार्थको दोहोन रोक्न नगरका ११ वटै वडा अध्यक्ष जिम्मेवार हुनु पर्ने बताउनु भएको छ । सबै वडाले आफ्नो क्षेत्रको निगरानी राखी चोरी गर्नेलाई ठाउँका ठाउँ कारवाहि गर्न उहाँले आग्रह गर्नु भयो । साथै अध्यक्ष पोख«ेलले नगरले शान्ति , सुरक्षाका लागि नगर प्रहरी राख्नु पर्ने जनाउनु भयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता रबि काफ्लेले प्राकृतिक स्रोत र साधनमा सबैको पहुँच हुनु पर्ने बताउनु भयो । चोरी तस्करी रोक्नलाई आआफ्नो ठाउँबाट सबै जिम्मेवार हुुनु पर्ने उहाँको धारणा थियो । नगरले निति निमार्ण र दलिय सहमतीलाई विचार पु्याउदै काम गर्नु पर्ने जनाउनु भयो ।

    नगरका प्रमुख मंगल प्रसाद थारुले नगरले राम्रा काम गरेर पुरस्कृत पनि भएको छ , अझै गर्नु पर्ने धैरै भएको बताउनु भयो । नदिजन्य पदार्थ तस्करी नियन्त्रणका लागि नगरपालिका लागि परेको उहाँको धारणा थियो । सबैका सुझावलाई ग्रहण गर्दै कार्यान्वयनमा लैजाने प्रमुख थारुको भनाई थियो । हामीले अब छिट्टै नगर प्रहरी पनि राख्ने छौ , उहाँले भन्नु भयो । कार्यक्रममा बोल्दै उपमेयर चक्रपाणी अर्यालले नदिजन्य पदार्थको चोरी निकासीको समस्यालाई समाधान गर्न सबैले होस्टेमा हैसे गर्नु पर्ने जनाउनु भयो । 

    नगरको गौरवको आयोजना बसपार्क निमार्णका लागि संभावित स्थलहरु हेरेको बताउदै यसमा सबैले सहयोग र साथ दिन समेत उपमेयर अर्यालले आग्रह गर्नु भयो । कार्यक्रममा शशस्त्र प्रहरी निरिक्षक अर्जुन ढकालले चोरी तस्करी रोक्नु प्रहरीको दायित्व भएको बताउनु भयो । इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिनेश गुरुङले गैरकानुनी कार्य गर्न नदिने प्रतिवद्धता जनाउनु भएको छ । आफ्नो कार्यकालमा शान्ति सुरक्षा मजवुद पार्ने उहाँले बताउनु भएको छ । नगरका सुचना अधिकृत केशव भट्राईको सहजिकरणमा भएको कार्यक्रममा  नेकपाका नगर अध्यक्ष शंकर पाण्डे , नेपाली कांग्रेसका नगर अध्यक्ष विष्णु थापा ,  कपिलवस्तु सञ्चार सहकारीका अध्यक्ष विष्णु न्यापाने , नेपाल पत्रकार महासंघका उपाध्यक्ष  पार्वती पाण्डे , उद्योग वाणिंज्य संघका अध्यक्ष उमानाथ पौडेल , नागरिक समाजका अध्यक्ष  दोलख बहादुर पछाई , ट्याक्टर व्यवसायी संघका अध्यक्ष मधु अर्याल लगायतले सुझाव सहित आफ्नो मन्तव्य राख्नु भएको थियो । 

प्रकाशित : २१ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६