अर्थ-वाणिज्य

कोक र रियल जुस खरिद गर्दा ख्याल गर्नु ? बजारमा म्याद गएको फेला ।



कपिलवस्तु असोज २१

बजारमा वसेर कोक र रियलका जुस खादै हुनु हुन्छ भने ख्याल गर्नु होला । कतै म्याद गएको छ छैन ? कपिलवस्तुमा प्रसाशनले गरेको अनुगनका क्रममा कोक र रियल जुस म्याद नाघेको फेला परेको छ । बजारमा बिक्री गर्नका लागी राखिएको अवस्थामा फेला परे पछि प्रसाशनले डिलरमा समेत छापा मार्दा म्याद गएको फेला परेको छ । बुघवार बाणगंगा र बुद्धभुमी नगरपालिकामा गरीएको अनुगमनका क्रममा खाद्य बस्तुमा म्याद नाघेको फेला परेको थियो । 

जिल्ला प्रसाशन कार्याल्य कपिलवस्तुले बुधवार बुद्धभुमी नगरपालिकाको गोरुसिंगे बजारमा खाद्य पदार्थको अनुगमन गरेको थियो । गोरुसिंगेका होटेल र पसलमा म्याद गएको कोक र डावरको रियल जुस फेला पर्दै गए पछि अचानक डिलरमा छापा हानेको थियो । फेला परेका खाद्य पदार्थ एक बर्ष पुरानो समेत भेटिएको थियो ।  बाणगंगा नगरपालिकामा को वडा नं. ११ ओदारी घरबुदियामा रहेको गुप्ता खाद्य तथा जनरल स्टोरमा म्याद गएका खाद्य पदार्थ फेला परेका छ । फेला परेका पसल कपिलवस्तुका लागी रियल जुसको डिलर हो । म्याद गएको सामाग्री फेला परे पछि प्रसाशनले पसल सिल गरेको छ । पसल संचालकका अनुसार बरामद गरेको सामाग्री बिक्री गर्नका लागी नराखी कम्पनीमा फिर्ता गर्नका लागी राखिएको बताएका छन । 

बाणगंगा नगरपालिकाको बनगाईमा रहेको कोक डिलरलाई प्रसाशनलाई खोज्न हाम्मेहाम्मे परेको थियो । बल्ल बल्ल गोदाम फेला परे पनी बि एण्ड बि सप्लाएर्स बन्द भएको अवस्थामा फेला परेको थियो । अनुगमन आउने थाहा पाए पछि भागेको हुन सक्ने टोलीका एक सदस्यले बताए । 

प्रकाशित : २१ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६