अर्थ-वाणिज्य

भारतीय खसीबोका बजारमा,नेपाली व्यवसाय मर्कामा



काठमाडौं २२ असोज।चार्डपर्व नजिकिए सगैँ  अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ ।नेपाल–भारत खुला नाकाबाट परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् ।

       कैलाली लंकीका खसीबोका व्यवसायी दल्सी साहीले रौतहट बोटव, सिन्धुलीलगायतका खुला नाकाबाट दैनिक ३ सय देखि ४ सय खसीबोका अवैध रूपमा आउने गरेको दाबी गरे । भारतबाट भन्सार छली अवैध रूपमा आएका खसीबोका प्रतिकेजी नेपाली भन्दा सस्तो पर्ने भएकाले पनि नेपालमा उत्पादन भएका खसीबोकाले बजार नपाएको उनको भनाइ छ ।

              खसीबोका व्यवसायी शाहीका अनुसार भारतबाट आयात खसीबोकाको प्रतिकेजी ५ सय ३० रुपैयाँ पर्छ भने नेपालमा उत्पादन भएको खसीबोका प्रतिकेजी ६ सय ३० देखि ६ सय ५० रुपैयाँसम्म पर्ने गर्छ । उनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने सरकारले भारतबाट अवैध रूपमा आउने खसीबोकालाई रोक्नुपर्ने बताए ।काठमाडौं चौपाया खरिद बिक्री सेवा संघका संरक्षक दीपक थापाले विभिन्न नाकाबाट अवैध रूपमा काठमाडौंको कंलकीको खसी बजारमा ३ सय देखि ४ सयसम्म खसीबोका आउने गरेको बताए ।

  नेपाली र भारतीय व्यापारीको मिलेमतोमा भारतबाट भन्सार छली अवैध रूपमा दैनिक ३ सय देखि ४ सय खसीबोका काठमाडौं उपत्यकामा भित्रिँदा नेपालमा उत्पादन भएका खसीबोका बिक्री वितरण हुन छोडेको बताए ।

     नेपालमा उत्पादन भएका खसीबोका हेर्दा दुब्लो पातलो देखिने र विभिन्न जिल्लाबाट संकलन गरेर ल्याउने भएकाले भारतबाट अवैध रूपमा आएका खसीबोका भन्दा केही महँगो हुन्छ । भारतबाट अवैध रूपमा आएका खसीबोका सस्तो हुने हुँदा नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा पनि नेपाली व्यवसायी मर्कामा परेका हुन् । आजको राजधानी दैनिकमा समाचार छ

प्रकाशित : २२ आश्विन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६