लुम्बिनी

बालवालिकामाथिको दुर्व्यवहार नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरी अभियान शुरु



बुटवल २८ असोज। बालवालिका माथि हुनसक्ने दुर्व्यवहार र  हिंसा नियन्त्रण गर्न लुम्बिनी प्रदेश प्रहरीले अभियान शुरु गरेको छ । कोभिड–१९ को जोखिममा बालबालिका विरुद्धका दुर्व्यवहार, हिंसा र विपद्का कारण अकालमा ज्यान गुमाउने घटना न्युनिकरण गर्न विशेष कार्यक्रम शुरु गरेको हो ।  लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) राजकुमार बैदवारका अनुसार पहिलो चरणमा प्रदेश मातहतका १२ जिल्लामा बालबालिका संरक्षणको क्षेत्रमा सक्रिय सामाजिक संस्थाहरुसँग अन्तरक्रियागरेको छ ।

       ‘कोभिडको बहानामा बालबालिकामाथि कुनै प्रकारका हिंसा हुनुहुँदैन भन्ने हाम्रो मान्यता हो ।’प्रदेश प्रहरी कार्यालयमा बालबालिकाको बारेमा उजुरी सुन्ने हेल्प डेस्क राखिएको छ  प्रहरी बरिष्ठ उपरिक्षक बैदवारले भने। हिंसामा परेकालाई तत्काल उद्धार, उपचार र काउन्सिलिङका साथै हिंसा नियन्त्रण गर्न टोल–टोलमा प्रहरी गस्ती टिममार्फत सचेतना थालिएको छ । बालबालिका माथि हिंसा भएको थाहा पाएमा प्रहरीलाई खबर गर्न प्रदेश प्रहरी कार्यालय लुम्बिनीले आग्रह गरेको छ ।    

प्रकाशित : २८ आश्विन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६