सूचना र प्रविधि

कर्णाली फर्कनोस ,दुई अध्यक्षले निर्णय गरेर पठाउछौं त्यही लागु गर्नु : ओली



 काठमाडौं, २कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीकाहरुलाई कर्णालीको विवाद केन्द्रले मिलाउने बताएका छन् ।शनिबार दिउँसो कर्णालीका नेताहरुलाई सरकारी निवास बालुवाटारमा बोलाएर विवाद पार्टी केन्द्रले टुंग्याउने र दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिएका हुन् । ‘तपाईहरुले हामी दुई अध्यक्षले निकाल्ने निष्कर्ष मान्नुहोस् । अब चाँडै हामी बसेर त्यहाँको विवाद मिलाउँछौं’, प्रधानमन्त्री ओलीलाई उदृत गर्दै सहभागी एक नेताले सुनाए ।

    उनका अनुसार, ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताएका थिए । यता नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बालुवाटार गएनन् ।उनले कर्णालीका दुवै पक्षका नेताहरुसँग कुरा गरिसकेकाले बालुवाटार नआउने सन्देश पठाएका थिए । प्रचण्डले बिहीबार र शुक्रबार दुई पक्षका नेताहरुलाई बोलाएर कुरा सुनेका थिए भने बरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीको नेताहरुबाट जानकारी लिएका छन् ।

    यस्तै कर्णालीका इन्चार्ज जनार्दन शर्मा भने स्वास्थ्यमा समस्या भएकाले आउन नसक्ने जानकारी पठाएका थिए । बालुवाटारमा भएको छलफलमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, नेकपाका सहइन्चार्जहरु प्रकाश ज्वाला र यमलाल कँडेल, सचिव मायाप्रसाद शर्मा र नेता चन्द्रबहादुर शाहीले आ–आफ्नो धारणा राखेका थिए ।सबैको कुरा सुनेपछि प्रधानमन्त्रीले अब तपाईहरु कर्णालीतिरै फर्कनुहोस् । हामी चाँडै निर्णय सुनाउँछौ भन्नुभयो’, ती नेताले भने । नेकपा संसदीय दलका नेता शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद छताछुल्ल भएको थियो ।तर माधवकुमार नेपाल खेमाका नेताहरु अविश्वासको प्रस्तावबाट पछि हटेपछि शाहीको मुख्यमन्त्री पद भने जोगिसकेको छ । नेपाल समूहलाई थप तीन मन्त्री दिने मुख्यमन्त्री शाहीले सहमति जनाएका छन् भने कर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् ।

प्रकाशित : २ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६