लुम्बिनी

बलात्कार पछि हत्या र नारीहरु माथि हुने तेजाव आक्रमण विरुद्ध कपिलवस्तुमा सावित्रीको गर्जन



कपिलवस्तु २ कार्तीक । महिला हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रममा महिला अधिकारक्रमी सावित्री सुवेदीले महिला तथा बालिका माथि हुने अन्याय अत्याचार विरुद्धमा आफू देशभरी आवाज बुलन्द पार्दै हिँडेको बताउनुभयो । उहाँले छोरी आफ्नै घरबाटै असुरक्षित भएकोले आफ्ना छोरी चेलीको सुरक्षा गर्ने आमाको अधिकार भएको बताउनुभएको छ । नेपाल युवा परिषद कपिलवस्तुको आयोजना गरेको महिला हिसां विरुद्ध सचेतनाकार्यक्रममा सुवेदीले निर्मला पन्त, सम्झना कामी, लगायतका छोरीहरुको बलात्कार पछि भएको हत्या र नारीहरु माथि हुने तेजाव आक्रमण विरुद्ध सरकार चुप लागेको र पुरुषको खेलौना मात्र भएका महिलाको हक अधिकार सुनिश्चित गर्न आवाज उठाएको बताउनुभयो । 


   सरकारले यस्ता घटना माथि मौन भएर बसेको र छोरी चेलीहरुले जे पनि सहनु परेको गुनासो गर्दै अब देशका विभिन्न स्थानमा महिलाहरुलाई झक्झक्याउँदै सरकारमाथि न्याय खोज्न पहल गरेको बताउनुभयो । शनिबार कपिलवस्तुको चार नं. चोकमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।कार्यक्रममा “महिला हिंसा कहिलेसम्म हामी चुप जहिलेसम्म″ भन्ने मूल अभियानका साथ अगाडी बढेका महिलाहरुका हातमा नारीको मन छुने गर शरीर हैन,बलात्कारीलाई फाँसी दे, सरकार केमा व्यस्त छ कुर्सी तान्न व्यस्त छ, यो दमनकारी राज्य हो बलात्कारी,नारीमाथि गिद्धे नगर नलगाउ, बालबिबाह गर्न बन्देज तर बलात्कार गर्न छुट हाम्रो नेपालमा जस्ता पम्प्लेटसँगै ध नाराहरु लगाइएको थियो ।

        कार्यक्रम नेपाल युवा परिषद् कपिलवस्तुको आयोजना, इ. आर.सि.को सह आयोजनाका साथै मेचीमहाकाली बुहारी संयुक्त आवाज, शान्ति आमा समूह लगायत १८ वटा संस्थाको सहकार्य रहेको नेपाल युवा परिषद कपिलवस्तु अध्यक्ष सुनिता बेल्बासेले बताउनुभयो ।कार्यक्रम सयोजक सुरक्षा तिवारीको  अध्यक्षतामा भएको  कार्यक्रममा  वडा न १ अध्यक्ष बालकुमारी पन्त,शान्ती आमा समुह लगायतका महिला अधिकारक्रमीले बोल्नुभएको  थियो ।   

प्रकाशित : २ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६