लुम्बिनी

टिप्परले साइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो



दाङ २ कार्तिक । दाङको देउखुरीमा आइतबार दिउँसो टिपरले साइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा दाङको गढवा गाउँपालिका १ जुराउनीकी २४ वर्षीया जमुना कुमालको ज्यान गएको छ । दुर्घटनामा जमुनाका बुवा ५९ वर्षीय बुद्धिराम कुमाल गम्भीर घाइते हुनुभएको छ । टिपरले ठक्कर दिएपछि घाइते भएकी जमुनालाई उपचारका लागि लमहीतर्फ ल्याउँदै गर्दा बाटोमा ज्यान गएको इलाका प्रहरी कार्यालय भालुवाङ दाङले जानकारी दिएको छ ।

       जमुनाका बुबाको भने दाङको लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको  छ ।  रा १ ख २०२१ नम्बरको टिपरले साइकल चढेर दाङको भालुवाङतर्फ आउँदै गरेका बाबु–छोरीलाई ठक्कर दिएको थियो ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुवाङ बजारदेखि एक किलोमिटर पूर्व अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका ८ मा दुर्घटना भएको थियो । 

प्रकाशित : २ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६