लुम्बिनी

३ लाख बढि रकमसहित ५ जना जुवाडेलाई जुवाको खालबाट पक्राउ



दाङ १६ कार्तिक । दाङको घोराहीबाट प्रहरीले ३ लाख बढि रकमसहित ५ जना जुवाडेलाई जुवाको खालबाट पक्राउ गरेको छ । प्रहरीले तीन लाख ५० हजारसहित ५ जनालाई पक्राउ गरेको जनाएको छ ।घोराही–१८ नवलपुरमा जुवा खेलिरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए ।

 पक्राउ पर्नेहरुमा घोराही– १० का २६ वर्षीय अनिल कुमार थापा, २७ वर्षीय कमल रावत, २६ वर्षीय केशब डाँगी, घोराही– १५ का २७ वर्षीय बसन्त भण्डारी र २६ वर्षीय धर्म ज्ञवाली रहेको चन्दे बताए ।पक्राउ परेकालाई जुवा ऐन अनुसार मुद्धा दर्ता गरेर कारबाही हुने प्हरीले जनाएको छ  । प्रहरी जुवा नियन्त्रणमा लागि परेको भन्दै एसपी चन्दले जुवातास खेलिरहेको सूचना पाउनेबित्तिकै पक्राउ गर्न प्रहरी तत्पर रहेको जानकारी दिए ।

प्रकाशित : १६ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६