अर्थ-वाणिज्य

कपिलवस्तुमा करवा चौथ :चाल्नोवाट श्रीमानको मुख हेर्ने सौख



कपिलवस्तु १९ कार्तिक ।पतिको लामो आयुको कामना गर्दे तराईका जिल्ला सहीत कपिलवस्तुका मधेसी समुदायका महिलाहरुले  करवा चौथ हर्षोल्लासका साथ मनाएका छन् । यस अवसरमा बुधवार दिनभरी उनीहरु निर्जल तथा निराहार ब्रत बसी भगवनसंग आफ्नो श्रीमानको लामो आयु तथा सुख संबृद्धिको कामना गरेका हुन् । कार्तिक कृष्णपक्ष चतुर्थीका दिन यो पर्व हरेक बर्ष तराईका महिलाहरुले धुमधमसंग रमाइलो गरी गरी मनाउने गर्दछन् । यो पर्वमा महिलाहरु राति चन्द्रमा नउदाउन्जेल सम्म ब्रत बस्ने गर्दछन् । 

राति चन्द्रमाको बिशेष पूजाअर्चना गरी चाल्नोले आफनो श्रीमानको मुख हेर्नै चलन रेहेको कपिलवस्तु नगरपालिका – ३ धनौराकोटकी की रेनु श्रीवास्तवले बताईन । महिलाहरु यसलाई सौखका रुपमा लिने उनको तर्कछ । उनले बिवाहीत महिलाहरुले पतिको लामो आयुको र संबृद्धीको कामना गरी यो यो पर्व मनाउने चलन रही आएको छ । प्रदेश नम्बर ५ की प्रदेश सदस्य सुषमा यादवले यो पर्वमा आफुपनि निर्जल ब्रतबसी पतकिो लामो आयुको कामना गरेको बताईन ।

     छर छिमेक र घर परिवार मिलेर यो पर्व मनाएको उनले बताईन । चन्द्रमाको पूजा पछि श्रीमानलाई आफनै हातले पानी खुवाएर महिलाहरुले ब्रत तोडने गर्दछन् । यस दिन ब्रत बस्ने महिला र उसको पतिको भगवानले रक्षा गर्ने बिश्वास रही आएको छ । यस अवसरमा घरमा नयाँ उत्पादन भएको धानु कुटीएको चामलको पीठोका बिभिन्न परिकार, मिठाई लगायतका परिकारहरु बनाई खाने चलन रही आएको छ । पूजाको प्रसाद छर छिमेक तथा ईष्टमित्रलाई बाडेने समेत गरिन्छ । यो पर्व भारतमा निकै रमाईलो गरी मनाईने गरीन्छ । 

प्रकाशित : १९ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६