बुटवल २० कार्तिक । कृषिक्षेत्रवाट लुम्विनी प्रदेशलाई सवल सुदृढ र उन्नत तुल्याउन हरेक गाउगाउमा स्वयम सेवकका रुपमा काम गर्ने गरी करिव १ हजार कृषि स्वयम सेवक राखिएका छन् । जसका लागि लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ९ सय ४८ जना हरित स्वयंसेवकको छनोट गरेको हो । कृषि क्षेत्रमा हरित स्वयंसेवक विकास तथा परिचालन कार्यविधि २०७६ अनुसार हरित स्यवंसेवक नियुक्त गरिएको मन्त्रालयले जनाएको छ ।
गत भदौ ५ गते २ सय ७१ जना हरित स्वयंसेवक छनोट गरेको मन्त्रालयले कात्र्तिक ६ गते थप ४ सय ९१ जना स्वयंसेवक छनोट गरेको हो । यस अघि प्रस्ताव आह्वान गरेर मूल्यांकनको आधारमा हरित स्वयंसेवक छनोट गरिएको मन्त्रालयका वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले बताउनुभयो । प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले २०७६ साल मंसिर १४ गते हरित स्वयंसेवक विकास तथा परिचालन कार्यविधि स्वीकृत गरेको थियो ।
स्थानिय स्तरका कृषक समुदायलाई सरल, सहज र सुलभ तरिकाले आवश्यक प्रविधि विस्तार गर्न, कृषकको घरदैलोसम्म नियमित तथा प्रभावकारी रुपमा कृषि तथा पशुसेवा प्रवाह गर्ने उदेश्यले हरित स्वयंसेवकको अवधारणा ल्याएको कार्यविधिमा उल्लेख छ।भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार स्थानीय तहको प्रत्येक वडामा एक जनाको दरले हरित स्वयंसेवक हुने छन। कार्यविधिमा हरित स्वयंसेवकले गर्ने १४ वटा बुदाँमा काम कर्तव्य उल्लेख छ
प्रतिक्रिया