अर्थ-वाणिज्य

नेपाल पत्रकार महासङ्घले नियमित पारिश्रमिक दिलाउन पुनः आन्दोलन गर्ने



काठमाडौँ २१ कार्तिक । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्काशित पत्रकारको स–सम्मान पुनःबहाली र नियमित पारिश्रमिक दिलाउन पुनः आन्दोलन गर्ने भएको छ।महासङ्घले कोभिड–१९ को समयमा काम गरेको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैं खर्चलगायतका विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुपर्ने माग गर्दै यही कात्तिक २६ गते तीनवटा सञ्चार गृहमा कालो ब्यानर टाँसेर धर्ना समेत दिने तय गरेको छ।

महासङ्घले बिहीबार विज्ञप्ति जारी गरी ऐन, नियमबमोजिम नियमित तथा पूर्ण पारिश्रमिक उपलब्ध गराउन पाँचदिने अल्टिमेटम दिँदै ती सञ्चार गृहमा बिहीबारै पत्र समेत पठाएको छ।अन्नपूर्ण पोष्ट दैनिकको प्रकाशन गृह नेपाल न्यूज नेटवर्क इन्टरनेसनल प्रालि, कारोबार दैनिकको प्रकाशन गृह टिबिआई पब्लिकेसन्स प्रालि। र राजधानी दैनिकको प्रकाशन गृह राजधानी न्यूज पब्लिकेसन प्रालिलाई पटक–पटक लिखित र मौखिकपत्र तथा वार्ताबाट महासङ्घले गरेको आग्रह थियो।महासङ्घका अध्यक्ष गोविन्द आचार्य नेतृत्वमाको उच्चस्तरीय समितिको निर्णय बमोजिम पत्राचार गरिएको हो

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६