अर्थ-वाणिज्य

सुठौली भन्सारको कमाल, तीन महिनामा ३ गुणाबढी संकलन



कपिलवस्तु २१ कार्तिक । कपिलवसतुको दोश्रो ठुलो नाका सुठौली भन्सारमा चालु आर्थिक बर्ष २०७७/०७८ को तीन महिनामा लक्ष्यका तुलनामा ३ गुना राजस्व संकलन भएको छ । चालु आर्थिक बर्षको साउन, भदौ र असोज महिनामा गरी कुल ३६ करोड १ लाख १६ हजार ७१९ रुपैया सकलन भएको हो । चालु आर्थिक बर्षको ३ महिनाकालागि १२ करोड ११ लाख १० हजारको लक्ष्य तोकिएको  भन्सार प्रमुख तिर्थराज पासवानले प्रेसपाटीलाई बताउनु भयो । 

    गत बर्षको यही ३ महिनामा ७ करोड ८ लाख ७२ हजार राजस्व उठेका थियो । यसपाली भने साउनमा १० करोड २४ लाख १५ हजार, भदौमा ११ करोड ५७ लाख र असोजमा १४ करोड १९ लाख र राजस्व उठेको भन्सार प्रमुख पासवानले जानकारी दिनु भयो । चालु आर्थिक बर्षकालागि ५३ करोड ४० लाख ३०  हजार लक्ष्य दिइएको छ । स्त्तरोन्नती भएको ढेड बर्षपछि सुठौलीमा अहिले राजस्व सकलन राम्रो भएको प्रमुख पासवााइछ ।

     कृष्णनगर र रुपन्देहीको बैलहिया नाकाको बिचमा पर्ने भन्सारले अहिले बिस्तारै प्रगति गर्दै गएको उहाले तर्क गर्नु भयो । कारोना भाईरसको बेला समेत लक्ष्यको करिब ३ गुना वढी राजस्व उठनु आफैमा राम्रो संकेत भएको उहाले प्रष्टयाउनु भयो ।  यो नाकाबाट कृषिजन्य सामाग्रीहरु, टायल्स मार्वल भारतबाट बढी आयात  हुने गर्दछ । संकलित राजस्व मध्ये चामल, आलु प्याज लगायतका सामाग्रीबाट धेरै उठेका हो । भन्सारका नासु शिव कुमार कुशवा अनुसार आर्थिक बर्ष २०७६/०७७ मा ४७ करोड ९५ लाख ८ हजार ३५२ रुपैया राजस्व संकलन भएको थियो । 

प्रकाशित : २१ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६