अर्थ-वाणिज्य

लकडाउनमा खाना दशै तिहारमा नाना । माहुरी होम संकटमा सहयोगी बन्दै ।



कपिलवस्तु , २२ कार्तिक, 

लकडाउनका कारण दैनिक जिविको पार्जनका लागि समस्या परेको अत्ति विपन्न परिवाहरुलाई फुड बैकं मार्फत खानाको पुराई रहेको माहुरी होमले चिसो मौसम बढेसंगै विपन्न परिवाहरुलाई नाना जोहो गर्न थालेको छ । 

कोरोना महामारी संगै सुरु भएको लकडाउनको अवधिमा दैनिक ज्यालादारी गर्ने, एक महिला तथा अति विपन्न परिवाहरुलाई बिभिन्न सहयोगी संघ संस्था र व्याक्तिहरुको सहयोगमा खाद्यान्न घर घरमा पुराई रहेको संस्था मधेश मानव अधिकार गृह (माहुरी होम)ले त्यस्था परिवारहरुलाई लक्षित गरि न्यानो कपडाहरुहरु उपलब्ध गराउने कार्यमा जुटेको हो । 

कोरोना महामारीको समयमा गरिव विन्नहरुको सारथी बनेको उक्त संस्थाले बर्षाको मौसमको घर चुईएर घर भित्रै छाता ओढेर बस्न बाध्य ८ घर परिवारहरुलाई समेत त्रिपाल समेत वितरण गरेको छ । कपिलवस्तु नगरपालिकामा ५ परिवार यशोधरा गाउँपालिका ३ परिवारलाई त्रिपाल वितरण गरिएको माहुरी होमका अध्यक्ष रविन्द्रनाथ ठाकुरले बताउनु भयो । 

संस्थाले हाल सम्म बिभिन्न दातृ निकाय र संस्थाले सांलन गरेको फुड बैकं मार्फत कपिलवस्तु र रुपन्देही गरि दुई जिल्लामा ७ सय ७० जनालाइ खाद्यान्न राहात उपलब्ध गराएको छ   । संस्थाले सुरुवाती चरणमा दातृनिकायको सहयोगमा ६ सय १५ परिवारलाई राहात बितरण गरेको यसरी राहात वितरण गर्दा दातृ निकाहरुको सहयोगमा संचालित परियोजना क्षेत्रमा मात्र राहात पुगेकाले फुड बैंक संचालन गरि राहात वितरणको कार्य अगाडी बढाईएको अध्यक्ष ठाकुरले जानकारी दिनु भयो । 

फुड बैकं मार्फत हाल सम्म १ सय ५५ परिवारहरुलाई राहात वितरण गरिएको छ । फुड बैकंमा संस्थामा कार्यरत कर्मचारी, संस्थाका सदस्य र बिभिन्न सहयोगी व्याक्तिहरुबाट रकम २ लाख २५ हजार रकम नगद र  ३७ हजार बराबरको खाद्यान्न सामाग्री संकलन भएको संस्थाका कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘फुड बैकंबाट कपिलवस्तुमा १सय १६ र रुपन्देहीमा ३९ जनालाई राहात उपलब्ध गराईएको छ, संस्थामा पीडित परिवार, संचारकर्मी, नागरिक अगुवा माफर्त राहात माग आए पछि, परिवारको अवस्था बुझेर राहात घर सम्म पुर्याउने गरेका छौ । केहीले भने ंसंस्थामै पुगेर राहात लिने गरेका छन् ।’ यसरी राहात वितरण गर्दा वास्तमै राहात पाउनु पर्ने आवश्यक व्याक्तिहरुले राहात पाएको उहाँको अनुभव छ । 

हाल सम्म राहात उपलब्ध गराईएका परिवाहरु अति नै विपन्न देखिएकाले ति खुसी एंवम रोशनीको पर्व दिपावलीमा खुसी छावस भन्नका लागि नयाँ र न्यानो कपडा उपलब्ध गराउन हाल कपडा संकलनको अभियान समेत संचालन गरिएको ठाकुरले बताउनु भयो । उहाले यस अभियान अन्तरगत दिपावली भित्रनै १ सय ५५ परिवारका करिव ६ सय जनालाई कपडा, जुत्ता, चप्पल उपलब्ध गराउने संस्था लक्ष्य रहेको  संस्था जानकारी दिनु भयो । सोही अनुसार बिभिन्न व्यवसायी, सहयोगी व्याक्ति, बैकं तथा वृत्तिय संस्था र सामाजिक संस्थाहरु रकम र  कपडा व्यवसायीले कपडा सहयोग गरेका छन् । कपडा वितरण अभियान कपिलवस्तु बाल संगठनद्धारा संचालित बाल गृह सुरु गरिने छ । 

संस्थाले खाधान्न सहयोगलागि संचालन गरेका फुड बैकं र कपडा वितरणको ई सेवा र बैक खाता मार्फत सहयोग संकलन अभियान संचालन गरेको छ । 

प्रकाशित : २२ कार्तिक २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६