अर्थ-वाणिज्य

सहकारीको एकिकरणवाट कपिलवस्तुले आर्थिक समृद्धिको नेतृत्व लिई सक्यो : सांसद पन्थी



कपिलवस्तु २३ कार्तिक । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले कपिलवस्तुका ठूला साना सहकारी एकिकरण हुदै विशाल सहकारीमा रुपान्तरण हुने क्रम अघि बवेकाले जिल्लाको बाणगंगावाटै आर्थिक समृद्धीको  नेतृत्व हुने वताउनु भएको छ । उहाले बाणगंगा नगरपालिका १ जितपुरमा रहेको स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाको १३ औ बार्षिक साधारण सभामा प्रमुख अतिथी रुपमा बोल्दै उहाले यतो बतानुभएको हो । 

    उहाले सहकारीले पैसा किनबेच गर्ने मात्र नभई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउदै जान आवश्यक रहेको बतानुभयो । उहाले जुनसुकै सहकारीले संस्थाका सदस्यहरुलाई उद्यमशील बनाउन प्रेरित गर्नु पर्ने औल्याउनुभयो ।  यस्तै सांसद पन्थीले  सहकारीले उत्पादन मुलक क्षेत्र वा कृषि क्षेत्र तथा कषि उपज सामग्रिमा लागानी गरेमा प्रदेश सभाले सहकारीलाई पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

    जनता मावि पिपरामा सम्पन्न सहकारीको १३ औ बार्षिक साधारण बार्षिक प्रगति प्रतिवेदन संस्थाका सचिव टिकाराम पौडल, आर्थिक प्रतिवेदन कोषाध्यष रमेश पन्थी, लेखा प्रतिवेदन लेखा संयोजक नवदत्त घिमिरेले प्रस्तुत गर्नुभएको थियो । सहकारीले आर्थिक बर्ष मा ७० कारोड भन्दा बढी कारोबार गर्न सफल भएको  सहकारीका अध्यक्ष देवी प्रसाद पाण्डेले जानकारी दिनुभयो । 

    यस्तै सहकारीले ५ औ समिती परिर्वतन समेत गरेको छ । आगामी ४ बर्षे कार्यकालका लागि अध्यक्षमा पुन देवि प्रसाद पाण्डे चयन हुनु भएको छ भने । निर्वतमान अध्यक्षमा घनश्याम घिमिरे, उपाध्यक्षमा योगेन्द्र प्रसाद शार्मा, सचिवमा टिकाराम पौडेल, कोषाध्यक्ष रमेश पन्थी लगाएत ११ सदस्यी संचालक समिती चयन भएको छ । यस्तै नवदत्त घिमिरेको संयोजकत्वमा ३ सदस्यीय लेखा समिती समेत चयन भएको सहकारीले जनाएको छ ।  यता कपिलवस्तुको तौलिहवा स्थित सयममाई बचत तथा ऋण सहकारीको १२ औ साधारण सभा तथा छैठो अधिबेशनबाट अध्यक्षमा पुनः मधुसुदन श्रेष्ठ पुनः निर्बिरोध चयन भएका छन । २०६६ सालमा स्थापना भएको सहकारीमा अहिले सम्म उनी नै अध्यक्ष भएका छन ।

    श्रेष्ठकै अध्यक्षतामा ७ सदस्यीय संचालन समिति चयन भएको छ । समितिको उपाध्यक्षमा जर्नादन पराजुली, सचिवमा गोपीकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ रहनुभएको छ । यस्तैसंयोजकमा पुन्य प्रसाद पन्थीको संयोजकत्वमा लेखा समिति पनि गटठन गरिएको छ । सहकारीमा १  हजार ५५ शेयर सदस्य छन ।

    मधुसुदन श्रेष्ठको अध्यक्षता र बिश्वराज पाण्डेयो संचालनमा भएको कार्यक्रम ८६ बर्षिया बृद्धा उमादेबी अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा डाक्टर सुशील श्रीवास्तव र जर्नादन पुराजुलीले शुभकामना मन्तब्य दिएका थिए । सो अवसरमा सविच अब्दुल अजजि शेषले गत आर्थिक बर्षको प्रतिबेदन र कोषाध्यक्ष राजेन्द्रमान श्रेष्ठले गत आर्थिक बर्षको १ करोड ८२ लाख ७७ हजारको आय ब्ययको प्रतिबेदन प्रस्तुत गरेका थिए ।  

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६