अर्थ-वाणिज्य

तिलौराकोट सडकका ठेकेदारलाई मेयरले भने कालो सूचीमा पर्नेकी,पुनरनिर्माण गर्ने ?



कपिलवस्तु २४ कार्तिक ।बिश्व सिमासार क्षेत्र जगदिशपुरवाट प्राचिन कपिलवस्तुको तिलौराकोट जोड्ने सडक कालोपत्रे गरिएकोमा  एक हप्तामै भत्किएको समाचार प्रेसपाटीले प्रकासित गरेपछि कपिलवस्तु नगरपालिकाका मेयरले स्थलगत अवलोकन गरेका छन् । उनले बस्तुगत स्थिती हेरेपछि ठेकेदारलाई नगरले सिफारिस गरेर कालो सूचीमा पर्ने की तत्काल उक्त सडक पुनरनिर्माण गर्ने भन्दै ठेकेकारलाई कडा प्रश्न गरेका छन् ।


     उनले घटना स्थलमा रहेका ठेकेदारलाई भने अव केवल २ मात्र विकल्पछन् कालोसूचीमा राखेर भुक्तानी रोक्नु भनेर नगरले पत्र पठाउछ त्यो नहोस भन्ने हो भने तत्काल भत्काएर कालोपत्रे सडक पुनरनिर्माण गर्नु पर्छ । संघीय कार्ययोजना कार्यान्वय ईकाई भवन तथा शहरी कार्यालय रुपन्देहीको मातहातमा रहेको कपिलस्तु नगरपालिका– ६ तिलौरीमा एक हप्ता अघि कङक्रिट प्रबिधिमा निर्माण गरिएको पक्की सडक भत्किएको भन्ने जन गुनासो आएपछि मेयर किरण सिंह, शहरी बिकासका ईन्जीनीयर ध्रुब पौडेल र सन्तोष यादव र निर्माण कम्पनीका साईट ईन्चार्ज ईन्जीनयर सुजन पन्त,संचारकर्मी सहीतको टोलीले बाटोको स्थलगत अनुगमन र निरीक्षण गरेको हो ।


     तिलौरीमा निर्माण गरिएको ८ सय मिटरको सडकमा कमजोरी देखिएकाले सुधार गर्न मेयर सिंहले कडा निर्देशन दिएका छन ।यस्तै  तिलौरी देखि जगदीपुर ताल सम्म बन्ने साढे ७ किलो मिटरको सडक निर्माण समेत गुणस्तरीय र मापदन्ड अनुसार बनाउन मेयर सिंहले निर्देशन गरेका छन । ईन्जीनयर पौडेल र यादवले समेत सडक निर्माणमा तोकिएको प्रबिधमा कमजोरी पाइएकाले तत्कालै सुधार गर्न लगाइएको बताएका छन । 

    निर्माणकम्पनी लुम्बिनी आषिष सन्तोषी निर्माण सेवाका इन्जीनीयर सुजन पन्तले प्रबिधिमा कमजोरी र कमप्याक्ट राम्ररी नहुदा र धुलो राम्ररी सफा नहुदा निर्माणमभा केही कमजोरी भएको स्वीकारे । त्रुटी सुधार गरी पुनरनिर्माण गरिने बताए । साढे ७ किलो मिटर लम्बाई र ७ मिटर चौडाइको सडकको लागत ७५ करोड रहेको र एक बर्ष भित्र निर्माण सकिने कार्ययोजना छ ।  

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६