कपिलवस्तु २४ कार्तिक ।बिश्व सिमासार क्षेत्र जगदिशपुरवाट प्राचिन कपिलवस्तुको तिलौराकोट जोड्ने सडक कालोपत्रे गरिएकोमा एक हप्तामै भत्किएको समाचार प्रेसपाटीले प्रकासित गरेपछि कपिलवस्तु नगरपालिकाका मेयरले स्थलगत अवलोकन गरेका छन् । उनले बस्तुगत स्थिती हेरेपछि ठेकेदारलाई नगरले सिफारिस गरेर कालो सूचीमा पर्ने की तत्काल उक्त सडक पुनरनिर्माण गर्ने भन्दै ठेकेकारलाई कडा प्रश्न गरेका छन् ।
उनले घटना स्थलमा रहेका ठेकेदारलाई भने अव केवल २ मात्र विकल्पछन् कालोसूचीमा राखेर भुक्तानी रोक्नु भनेर नगरले पत्र पठाउछ त्यो नहोस भन्ने हो भने तत्काल भत्काएर कालोपत्रे सडक पुनरनिर्माण गर्नु पर्छ । संघीय कार्ययोजना कार्यान्वय ईकाई भवन तथा शहरी कार्यालय रुपन्देहीको मातहातमा रहेको कपिलस्तु नगरपालिका– ६ तिलौरीमा एक हप्ता अघि कङक्रिट प्रबिधिमा निर्माण गरिएको पक्की सडक भत्किएको भन्ने जन गुनासो आएपछि मेयर किरण सिंह, शहरी बिकासका ईन्जीनीयर ध्रुब पौडेल र सन्तोष यादव र निर्माण कम्पनीका साईट ईन्चार्ज ईन्जीनयर सुजन पन्त,संचारकर्मी सहीतको टोलीले बाटोको स्थलगत अनुगमन र निरीक्षण गरेको हो ।
तिलौरीमा निर्माण गरिएको ८ सय मिटरको सडकमा कमजोरी देखिएकाले सुधार गर्न मेयर सिंहले कडा निर्देशन दिएका छन ।यस्तै तिलौरी देखि जगदीपुर ताल सम्म बन्ने साढे ७ किलो मिटरको सडक निर्माण समेत गुणस्तरीय र मापदन्ड अनुसार बनाउन मेयर सिंहले निर्देशन गरेका छन । ईन्जीनयर पौडेल र यादवले समेत सडक निर्माणमा तोकिएको प्रबिधमा कमजोरी पाइएकाले तत्कालै सुधार गर्न लगाइएको बताएका छन ।
निर्माणकम्पनी लुम्बिनी आषिष सन्तोषी निर्माण सेवाका इन्जीनीयर सुजन पन्तले प्रबिधिमा कमजोरी र कमप्याक्ट राम्ररी नहुदा र धुलो राम्ररी सफा नहुदा निर्माणमभा केही कमजोरी भएको स्वीकारे । त्रुटी सुधार गरी पुनरनिर्माण गरिने बताए । साढे ७ किलो मिटर लम्बाई र ७ मिटर चौडाइको सडकको लागत ७५ करोड रहेको र एक बर्ष भित्र निर्माण सकिने कार्ययोजना छ ।
प्रतिक्रिया