अर्थ-वाणिज्य

देउसी भैलो खेल्न र पटका पटकाउन पूर्ण निशेध



कपिलवस्तु २५  कार्तिक ।कोरोना भाईरसको महामारी फैलन सक्ने जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले देउसी भैलो खेल्न र बिस्फोटजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलवार ६ बुदे निर्देशन जारी गर्दै देउसी भैलो जस्ता भीडभाड जन्य कार्यक्रम नगर्न र बिस्फोटजन्य पदार्थको प्रयोग नगर्न आग्रह गरेका हो । प्रजिअ दीर्घ नारायण पौडेलले तिहार र छठ जस्ता चाडपर्व मानिसको आवागमन र भीडभाड बढी हुने भएकाले कोरोना फैलन सक्ने भन्दै सचेत रहन आग्रह गर्नु भएकोे छ  ।

    आफनो परिवारसंग सीमित रही चाडबाड मनाउनु पर्ने, जिल्ला भित्र कुनै भेला र महोसत्व गर्न नहुने भनिएको छ । यस्तै आतिसबाजी पटाखा, झिरझिरे लगायतका बिस्फोटजन्य पदार्थको बिक्रीबितरण, प्रयोग र ओसर पोसारमा प्रतिबन्ध लगाइएको छ । भाडिभाड हुने गरी कुनै किसिमको मुर्ति बिर्सजन नगर्न तथा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदन्ड पालना गर्न आग्रह गरिएको छ । उलंघन गरे कारवाही हुने जनाइएको छ । 

प्रकाशित : २५ कार्तिक २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६