लुम्बिनी

दाङमा चितुवाको छाला र लागुऔषध सहित दुई जना पक्राउ



दाङ २६ कार्तिक । चितुवाको छाला र लागुऔषध अफिमसहित  दाङमा  प्रहरीलेदुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ८ को वनगाउँबाट प्रहरीले मङ्गलवार राति उनीहरुलाई पक्राउ गरेको हो ।चितुवाको छाला र अफिमको कारोबार भइराखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका १२ का २६ वर्षीय मधु डाँगी र प्युठानको नौबहिनी गाउँपालिका ५ का २७ वर्षीय धनसिंह टमटालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट तीन किलो सात सय ५० ग्राम (अफिम) र पुच्छरसहितको ६ फिट ११ इन्च लम्बाइको चितुवाको छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : २६ कार्तिक २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६