खेलकुद

लुम्विनी प्रदेशको अर्काे नयाँ पहिचान ,सैनामैनाले गरयो योगदान



सैनामैना २७ कार्तिक  । अनेककन पहिचान भएको लुम्विनी प्रदेशमा अर्काे नयाँ पहिचान थपिदै छ । त्यो पहिचान दिलाउने काम स्थायी राजधानीको संभावित भूगोलको रुपमा चर्चा हुदा हुदै राजधानी नपाएको सैनामैना नगरपालिकाले दिलाउदैछ । जस अनुसार रुपन्देहीको सैनामैना नगरपालिकमा नेपालकै ठुलो गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला बन्ने भएको छ। 

    नगरपालिकाको वडा नं ७ स्थित लम्टैयामा रहेको करिब १५ बिगाह जग्गामा उक्त क्रिकेट रंगशाला बन्न लागेको हो। नगरपालिकाले रंगशालाको डिपिआर तयार गरी निमार्णको कामलाई अगाडि बढाएको छ। गत बर्ष मैदानको लागी रु।३० लाखको बजेटमा माटो कटिङ्ग, शौचालय र डे«सिङ्ग रुम निमार्ण गरेको छ भने यस बर्ष रु १ करोडको बजेटमा माटो कटिङ्ग, तारबार र डिपिआर बनाएको छ।निमार्ण सम्पन्न हुन करिब २ अर्ब १९ करोड बराबरको लागत प्रस्तुत गरिएको डिपिआरमा ९४८१७ बर्गमिटर क्षेत्रफल समेटिएको छ।

    शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीबाट करिब १२ कि।मि उत्तर तर्फ निमार्ण हुन लागेको उक्त रंगशाला नेपालकै सबै भन्दा ठुलो ९० यार्डको रहेको नगरपालिकाले जनाएको छ।गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालालाई नेपालकै गौरवको आयोजनाको रुपमा अगाडि बढाइने लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्वर ढकालले बताए। नेकपाका प्रमुख सचेतक समेत रहेका ढकालले तीनै तहका सरकारको सहभागितामा उक्त रंगशालाको निमाण कार्य सम्पन्न गरिने धारण राखे। 

    सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले खेल क्षेत्रको विकास, पर्यटन सँगै खेलकुदको  संरक्षण गर्ने उद्देश्यका साथ गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निमार्ण गर्न लागिएको जानकारी दिए। प्रमुख कार्कीले निमार्णधिन रंगशाला गौतमबुद्ध अन्तरराष्ट्रिय एयरपोर्ट भैरहवाबाट पनि नजिकै रहेकोले भबिष्यमा अन्तरराष्ट्रिय स्तरको खेल आयोजना गर्न समेत सहज हुने बताए। बजेट ब्यवस्थापन गरेर यसै बर्ष ठेक्का प्रक्रिया अगाडि बढ्ने प्रमुख कार्कीको भनाइ छ। 

    निमार्णधिन रंगशाला सम्पन्न हुदा यस क्षेत्रको गरिमा उच्च हुनुको साथै क्रिकेटको माध्यमबाट सैनामैनाले राष्ट्रमै योगदान पुर्याउन सक्ने रंगशाला ब्यवस्थापन उपभोतmा समितिका अध्यक्ष किशोर रानाले विश्वास व्यक्त गरे। सैनामैनामा अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न भौगोलिक रुपले पनि उचित रहेको क्राउन डिजाइन एण्ड रिसर्ज सेन्टर काठमाडौका प्रमुख ईन्जिनयर सुनिल लम्सालले बताए। 

    सैनामैनाका योजना प्रमुख सुरज न्यौपानेका अनुसार करिब ६ महिनाको स्थलगत अध्ययन पश्चात रंगशालाको डिपिआर तयार गरिएको हो। उक्त रंगशाला पुर्वपश्चिम राजमार्गबाट करिब २ किमि दक्षिण तर्फ पर्छ।

प्रकाशित : २७ कार्तिक २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६