अर्थ-वाणिज्य

नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ



काठमाडौँ २८ कार्तिक। सशस्त्र प्रहरी बल नेपालले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई पक्राउ गरेको छ । सिरहाको गोलबजार गोलबजार नगरपालिका–६ बाट ६ लाख ८४ हजार रुपैयाँ नक्कली नोटसहित ३ जना पक्राउ परेका हुन् ।पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–१२ बस्ने २५ वर्षीय धिरज यादव, सञ्जय यादव र कल्याणपुर नगरपालिका–७ बस्ने २४ वर्षीय विम्लेन्द्रकुमार नायक रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । पक्राउ परेका उनीहरुको साथबाट बरामद भएको रकम सबै हजारका नोट मात्रै छन् ।गोलबजारमा रहेको सशस्त्र प्रहरी सुरक्षा वेशले विरेन्द्र महतोको घरमा विगत केही मिहनादेखि शंकास्पद गतिविधि बढ्न थालेको गोप्य सूचनाको आधारमा घर खानतलासी गर्दा नक्कली नोट छाप्ने मेसिनसहित ३ जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट एउटा ल्यापटप र मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

लागूऔषध कारोबारी हुनसक्ने आशंकाका साथ वेश क्याम्पका इन्चार्ज प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सोही स्थानमा पुग्दा १०४ तयारी जाली नोट र ५८० जाली नोट एफो साइजको कागजमा छपाई गरी कटिङका लागि तयारी अवस्थामा राखिएको थापाले बताए ।बरामद जाली नोट, नोट छाप्ने मेसिन र उक्त कार्यक्रमा संलग्न ३ जनालाई कानुनी प्रक्रिया पूरा गरेर थप अनुसन्धानको लागि नजिकै रहेको नेपाल प्रहरीलाई बुझाइएको थापाले बताए । अहिले उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २८ कार्तिक २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६