अर्थ-वाणिज्य

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको कफीको मूल्य लागू



काठमाण्डौ १ मंसिर । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले निर्धारण गरेको कफीको मूल्य सोमबारदेखि लागू भएको छ । बोर्डले मङ्सिर १ गते अर्थात् सोमबारदेखि लागू हुने गरी कफीको न्यूनतम मूल्य कायम गरेको हो ।उत्पादन लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरिएको छ । बोर्डले आर्थिक वर्ष ०७६र७७ मा फ्रेस चेरी ग्रेड एको मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको थियो । त्यस्तै, फ्रेस चेरी ग्रेड बी को मूल्य प्रतिकेजी ७५ रुपैयाँ कायम गरिएको थियो । पार्चमेन्ट कफी ग्रेड ए को प्रतिकेजी ४ सय २५ र ग्रेड बी को मूल्य प्रतिकेजी ३ सय ७५ तोकिएको थियो ।

मध्यपहाडी क्षेत्रका गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, कास्की, तनहुँ, काभ्रे, ललितपुरलगायतका जिल्लामा कफी उत्पादन क्षेत्र विस्तार हुँदै आएको छ । स्वदेशी तथा विदेशी बजारमा नेपाली कफीको माग बढ्दो छ । आर्थिक वर्ष २०७६र७७ को तथ्याङ्कअनुसार झण्डै ४७ मेट्रिक टन नेपाली कफी निर्यात हुँदा २६६ मेट्रिक टन विदेशी कफी आयात भएको छ ।हरेक वर्ष मङ्सिर १ गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डले राष्ट्रिय कफी दिवसका दिन मूल्य सार्वजनिक गर्दै आएको छ । बोर्डका अनुसार यस वर्षको राष्ट्रिय कफी दिवसको नारा ‘कफी विस्तारमा उन्नति, आर्थिक प्रगति’ तय गरिएको छ ।  

प्रकाशित : १ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६