कपिलवस्तु ८ मंसिर ।कपिलवस्तुका सबै क्रेसर उद्योग र बालुवा प्रशोधन उद्योग सरकारले तोकेको मापदण्ड बिपरीत रहेको प्रजिअ दीर्घ नारायण पौडेलले बताउन भएको छ । गुह मन्त्रालयले क्रेसर र बालुवा प्रशोधन केन्द्रको अवस्था बुझेर प्रतिबेदन पठाउन देशभरका प्रशासन कार्यालयमा परिपत्र गरे पछि प्रजिअ पौडेलको नेतृत्वमा क्रेसर र बालुवा प्रशोधन केन्द्रमा गरिएको स्थलगत अनुगमन पछि सो तथ्य बाहिर आएको हो । बाणगंगा, शिवराज, कृष्णनगर, बुद्धुभुमी र कपिलवस्तु नगरपालिमा रहेका क्रेसर बालुवा प्रशोधन केन्द्रको अनुगमन गरिएको छ ।
गत कार्तिक २ गतेबाट प्रजिअ पौडेलको अगुवाईमा संयुक्त अनुगमन जारी छ । क्रेसर उद्योग नदी बस्ती, धार्मिक स्थल, वन र अन्य भौतिक संरचनाबाट मापदण्डले तोके भन्दा नजिकमा संचालनमा रहेको प्रजिअ पौडेलको भनाई छ । बाणगंगा नगरपालिकामा रहेको क्रेसर उद्योगहरु नदी, वन क्षेत्र र पुलबाट नजिक छन । मापदण्ड बिपरितका क्रेसर उद्योगले ढुंगा, गिट्टी र बालुवा बेच्ने गरेको उहाले बताउनुभयो ।
अनुगमन गएको थाहा पाएपछि बुद्ध्भूमी नगरपालिका– १ महेन्द्रकोटमा रहेको सत्यादेवा क्रेसर उद्योगका संचालकहरु भागेको प्रजिअ पौडेलले बताउनुभयो । सो क्रेसर उद्योग वनजंगलको बिचमा रहेकाले लाईन काट्ने प्रकृया अघि बढाईएको पनि जानकारी गराउनुभयो । जिल्लामा २१ वटा क्रेसर उद्योग र ३० वटा बालुवा प्रशोधन संचालनमा रहेको प्रशासन कार्यालयले जनाएको छ । अनुगमन गरीएका सबै उद्योग मापदण्ड विपरीत रहेको प्रशासनसको भनाइछ । शिवराज, कृष्णनगर नगरपालिमा रहेका क्रेसर र बालुवा प्रशोधन केन्द्रको ईलाका प्रशासन कार्यालय चन्द्रौटाले अनुमगन गरेको छ ।
स्थानीय प्रशासनले ढुंगा, गिट्टी बालुवा बिक्री बितरणलाई ब्यवस्थित गर्न तत्कालका लागि बिक्री बितरणमा रोक लगाएको छ । नदी नालाबाट उत्खनन गरी क्रेसर उद्योग र बालुवा प्रशोधन केन्द्रले संकलन गरेका ढुंगा गिट्टी बालुवाको स्टक नाप जाच गरी परिणाम एकीन नभए सम्मका लागि प्रशासनले सु्चना जारी गरी सो बिक्री बितरणमा रोक लगाएको हो ।
प्रतिक्रिया