अर्थ-वाणिज्य

कोरोना कै बीच सत्यवतीको उत्पादन र विक्री उच्च



कपिलवस्तु ८ मंसिर ।मुलुकमा जारी कोरोना संत्रास र लकडाउनका बीच पनि कपिलवस्तुको एक पूर्वाधार उत्पादक कम्पनीले आफ्नो उत्पादनलाई उच्च पारेको र विक्री समेत सन्तोष जनक रुपमा गर्न सफल भएको जनाएको छ । सो उद्योगले दैनिक २५ वटा हयूम पाइप तयार पार्ने र बेच्ने क्रममा कोरोनाकै बीच १५ सय थान स्टकमा राख्दै ५० लाख बढीको उत्पादन विक्री गरेको वताइन्छ । यसरी उत्पादन र माग बढ्नुको कारण गुणस्तरको सुनिश्चिता हो भन्ने कम्पनीको दावि छ ।


    प्राप्त विवरण अनुसार सत्यवती इन्फ्रास्टक्चर एण्ड कन्सट्रक्सन कम्पनीले उत्पादन गरेका ह्युम पाईप प्रति ग्राहकहरुको आकर्षण बढेको छ । “वाणगंगा ११ बरवामा अवस्थित आफ्नै क्रेसरमा धोएको गिट्टी बालुवा मिस्कट तथा गुणस्तरिय सिमेन्टको प्रयोग गरेर बनाइएकोले कम्पनीले उत्पादन गरेको ह्युम पाईप अत्यन्तै गुणस्तरयुक्त भएको कारण यसले ग्राहकको मन जित्न सफल भएको हो” कम्पनीका प्रवन्ध निर्देशक लोकनाथ पौडेलले बताउनुभयो । 

    “ह्युम पाइप मात्रै हैन अन्य उत्पादन पार्किङ टायल, रिङ ब्लक यसको पनि माग राम्रो रहेको छ विशेषतः हामीले गुणस्तरमा सम्झौता गरेका छैनौँ त्यसै कारणले हाम्रा उत्पादनहरु ग्राहकले मन पराई दिनु भएको छ” अध्यक्ष चिरिञ्जीवी पन्तले भन्नु हुन्छ । “कम्पनीबाट सम्बन्धित ठाउँ सम्म पु¥याएर फिट गर्दा सम्म हुने टुट फुटको कम्पनीले जिम्मा लिन्छ तैपनि टुट फुट हुने गरी हामीले उत्पादन गरेकै छैनौँ सोहि कारण हाल सम्म त्यसरी हामीले बनाएका ह्युम पाइपहरु टुटफुट भएका छैनन्” पन्तले दावी गर्नुभयो । 

    कम्पनीले १५ सेन्टिमिटर, ३० सेन्टिमिटर, ४५ सेन्टिमिर, ६० सेन्टिमिटर, र ९० सेन्टिमिटर गरि पाँच प्रकारका ह्युम पाइपहरु उत्पादन गर्ने गरेको चालु आर्थिक वर्षमा हाल सम्म विभिन्न साइजका २०० वटा ह्युम पाइप झण्डै ५० लाख रुपैयाँको कारोबार भएको बताइएको छ । कम्पनीले १२० सेन्टिमिटरको ह्युम पाइप उत्पादन गर्ने तयारी पनि गरिरहेको कम्पनीले जनाएको छ ।

     दैनिक उत्पादन क्षमता २५ वटा ह्युम पाइप रहेको कम्पनीमा अहिले पनि १५०० पिस ह्युम पाईप स्टकमा नै छन् हामी राष्ट्र विकासको अभियानमा निरन्तर सरिक भैराखेका छौँ प्रबन्ध निर्देशक पौडेलले भन्नुभयो । कल्भर्ट, पुल, पानी निकास, नाला निर्माण, ढल निकासका लागि अति उपयोगी ह्युम पाइप सत्यवतीमा उत्पादन भएर अर्घाखाँची पाल्पा रुपन्देही परासी गुल्मीसम्म पुग्ने गरेको कम्पनीका बजार व्यवस्थापक राजेन्द्र गिरीले जानकारी दिनुभयो । 

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६