कपिलवस्तु ११ मङ्सिर ।कपिलवस्तुको यशोधरा गाउँपालिकामा औषधी खरिदको टेण्डर गुपचुपमा खोलिएको छ । २१ लाख वढी रकमको औषधी खरिदका टेण्डर पशु विकास अधिकृत अव्दुल सलामको नेतृत्वमा गाउँपालिका अध्यक्ष ग्रिजेस पाण्डेको कक्षमा खोलिएको छ । टेण्डर खोल्दा लेखा अधिकृत, प्रमुख प्रशासकिय अधिकृत र प्रशासनको कर्मचारीलाई पाखा लगाएर खोलिएको थियो । कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत भएको वेलामा निमित्त बन्दै सलामले टेण्डर खुलाउन सहयोग गरेका हुन ।
‘ अध्यक्ष ज्युले आफै खोल्नु भएको छ । म कार्यालयमा उपस्थित हुँदा पनि निमित्त बनाई काम गर्नु भएको छ । जुन नियम विपरीत मिल्दैन ’ प्रमुख प्रशासकीय अधिकृत तेज वहादुर सिंहले बताए । सिंहले १० फारम मध्ये २ वटामा तोक लगाउँदै गर्दा पशु विकास अधिकृत अव्दुल सलामले जवरजस्ती तोक लगाउनु सुरु गरेका थिए । प्रशासकिय अधिकृत सिंह विना टेण्डर खुलाउन लागे पछि लेखा अधिकृत समेत प्रकयामा समावेस भएका छैनन् ।
जिल्ला प्रशासन कार्यालयबाट प्रतिनिधीत्व गरेका कर्मचारी नारायण गैरेले पनि टेण्डर खोल्दा आफु सहभागी नभएको वताए । उहाँहरु विच बिवाद रहेको थियो । प्रकृया पुरा भएको देखिएन र गाउँपालिकाको प्रशासन र लेखाको सहभागिता नभएकोले टेण्डर खुलाउँदा सहभागी नभएको गैरेले भने ।
आफु खुसी निमित्त बने पशु विकास अधिकृत सलाम : अध्यक्षले हाजिरी रजिस्टर लुकाए
गाउँपालिकामा कृषि अधिकृत रहेका अव्दुल सलामले आफै निमित्त तोकी कार्यालय संचालन गरेको खुलासा भएको छ । आफै निमित्त भई काम संचालन गरे पछि गाउँपालिकाले सुचना प्रकाशन गरि निमित्त नदिएको जानकारी गराएको छ । कार्यालयमा बिवाद वढ्दै गए पछि गाउँ पालिका अध्यक्षले हाजिरी रजिस्टर समेत आफ्नै कार्यकक्षमा लुकाएर राख्दै आएका छन् । हाजिरी रजिस्टर लुकाए पछि कर्मचारीहरु समेत समयमा हाजिरी गर्न पाएका छैनन् ।‘ हाजिरी गर्नका लागी अध्यक्ष आउने समय कुर्न पर्छ । आज १२ बजेमा मात्र हाजिरी गरीयो । ’ एक कर्मचारीले बताए ।
प्रतिक्रिया