अर्थ-वाणिज्य

रुपन्देहीमा एकैदिन रहस्यमय तवरले ३ पुरुषको शव फेला



बुटवल १९ मंसिर ।रुपन्देहीमा एकैदिन रहस्यमय तवरले ३ पुरुषको शव फेला परेको छ । रुपन्देहीको बुटवलका दुई ठाउँ र मर्चवारी गाउँपालिका १ महुवाटमा गरी तीन जना पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । बुटवल उपमहानगर पालिका वार्ड १२ नयागाँउ खानेपानी ट्याङकी नजिकै सैनामैना न.पा.१ बन्कट्टा बस्ने वर्ष २९ का किशोर थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
        
     उनले मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ । यता मर्चवारी गाउँपालिका १ महुवाघाटमा मायादेवी गाउँपालिका ८ बस्ने वर्ष २० का अजयकुमार बानियाँ मृत अवस्थामा फेला परेका छन् । त्यस्तै, बुटवल उपमहानगरपालिका ९ स्थित भुड्कीचोकको आकाशे पुलमुनि ५५ वर्षीय एक व्यक्ति मृत फेला परेका छन् । तीनवटै घटनाका विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।यता पाल्पाको रामपुरमा छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

     रामपुर नगरपालिका–६, बस्ने ५७ वर्षका नेत्रबहादुर हमालको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रदेश प्रहरी कार्यालय दाङले कच्चीघरको एक तले छतबाट भूइँमा खसेर गम्भीर घाइते भएका हमालको उपचारका लागि रामपुर अस्पताल ल्याएपछि  मृत्यु भएको  जनाएको छ ।  प्रहरीले घटनाको थप थप अनुसन्धान  भइरहेको जनाएको छ ।

प्रकाशित : १९ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६