अर्थ-वाणिज्य

सांसद पन्थीले सुनाए पानीको कहानी : ‘सार्मथ्य बिश्व बजारमा बेच्ने उपलब्धी शुद्धखान नपुग्ने’



कपिलबस्तु २० मंसिर नेपालले शुद्ध पानी विश्व वजारमा बेचेर समृद्ध बन्ने सामथ्र्य भएपनि जनतालाई नै शुद्ध पानी खुवाउने चुनौतीको सामाना गरि रहेको लुम्बिनी प्रदेशका सांसद बिष्णुु प्रसाद पन्थीले वताउनु भएको छ । बाणगंगा र गजेहडा भुपु खानेपानी तथा सरसफाई उपभोक्ता समितिको छैठौं वार्षिक साधारणको समुद्घाटनका क्रममा  सम्पूर्ण जनतालाई शुद्ध खानेपानीको पहुँचमा पु¥याउने लक्ष्यमा प्रदेश सरकार लागी परेको बताउनु भयो ।



    सांसद पन्थीले प्रदेशमा विधमान पानीका स्रोतहरुलाई सहि ढंगले परिचालन गर्न सकेमा पानीलाई विश्वबजारमा निर्यात गरेर नेपाल आर्थिक हिसाब बलियो बन्ने बताउनु भयो ।यस्तै बाणगंगा नगरपालिकाका प्रमुख मगंल प्रसाद थारुले मानव जीवनसँग जोडिएको खानेपानी संस्थाको विकासका लागि एकजुट हुन आवश्यक रहेको सुझाव दिनु भयो ।बाणगंगका  उपप्रमुख चक्तपाणी अर्यालले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको सस्थागत विकास र खानेपानीको नियमित वितरणलाई प्रभावकारी बनाउन उपभोक्ताहरुको इमान्दारिता आवश्यक रहेको औल्यौंउनु भयो । साथै उहाले अव चाडै बस पर्क बनाउने  फाहोर मैला व्यवस्थापन गर्ने र फोहोरलाई मोहोरमा बदल्ने जस्ता नगरका काम हुने बताउनु भयो ।



     कार्यक्रममा कोषाध्यक्ष राममाया रानाले १ करोड ३८ लाख ३९ हजारको आम्दनी र १ करोड ५६ लाख ७ हजारको खर्च बिबरण पेश गर्नु भएको थियो । आन्तिरक लेखापरीक्षणका संयोजक कमल पौडेलले लेखा प्रतिबेदन र पानी सुरक्षा समितिका संयोजक निर्मल शाहीले पानी सुुरक्षाको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
    संस्थाका अध्यक्ष राजेन्द्र बिक्रम शाहको अध्यक्षतामा भएको कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष बाल कुमारी पन्त, वडा नं.४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री , नागरिक समाजका अध्यक्ष दोलख वहादुर पछाई गजेहडा बजार बिकास समितिका अध्यक्ष गोबिन्द ज्ञवाली , खानेपानी तथा सरसफाई उपभोक्ता समितिका सल्लाहकार द्रोर्णराज सुबेदी लगायतले बोल्दै संस्थाले छोटो समयमा चाडै फड्को मारेकोमा  प्रशंसा गर्नु भयो ।
    संस्थाका उपाध्यक्ष झलक बहादुर मल्लको स्वागत र सचिब कृष्ण बहादुर शाहीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । बाणगंगा नगरपालिकाको वडा नं.१ र ४ मा पर्ने करिब ३ हजार घरधुरीलाई सोवा दिदै आएको छ ।
 

प्रकाशित : २० मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६