अर्थ-वाणिज्य

सून्य ब्याजको ऋण लुम्बिनी प्रदेशका कुन जिल्लामा कति रकम ?



बुटवल, २१ मंसिर । लुम्बिनी प्रदेश सरकारले उद्यमीलाई शून्य ब्याजदरमा ऋण उपलव्ध गराउने संझौता एक बैकसंग गरेसंगै कुन जिल्लामा कति ऋण परिचालन हुने भन्ने सूची पठाएको छ । जस अन्तर्गत प्रदेशका १२ जिल्लामध्ये पश्चिम नवलपरासीमा ७१ लाख, रुपन्देहीमा एक करोड ९१ लाख, पाल्पामा ५८ लाख, गुल्मीमा ६२ लाख, अर्घाखाँचीमा ४३ लाख सिमा तोकेको छ । यस्तै कपिलवस्तुमा एक करोड २४ लाख, रोल्पामा ४९ लाख, दाङमा एक करोड २० लाख, बाँकेमा एक करोड सात लाख, वर्दियामा ९३ लाख, प्युठानमा ५० लाख र पूर्वी रुकुमका लागि ३२ लाख रुपियाँ ब्याज अनुदान शीर्षकमा बजेट विनियोजन गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
    
    उद्योग, पर्यटन वन तथा बाताबरण मन्त्रालयले त्यसका लागि नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेको हो । बैंकका लुम्बिनी प्रदेश प्रमुख पासाङ दोर्जी शेर्पा र मन्त्रालयका विभागीय प्रमुख रमेश गौतमले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो  । कोरोनाका कारण रोजगारी गुमाएका युवालाई स्वदेशमै रोजगारी प्रवद्र्धन गर्न  शून्य ब्याजमा ऋण प्रवाह कार्यक्रम बढाएको मन्त्रालयले जनाएको छ ।
   शून्य ब्याजदरको उक्त ऋण वैदेशिक रोजगारबाट फर्किएका, दलित, महिला, द्वन्द्व पीडित तथा अपाङ्गता भएकाहरुले सञ्चालन गर्ने परियोजनालाई प्राथमिकता दिने मन्त्रालयले जनाएको छ ।
ऋण लगानी गर्दा नेपाल बैंक लिमिटेडले लिने ७ दशमलव ७५ प्रतिशत ब्याज तीन वर्षसम्म प्रदेश सरकारले ब्यहोर्ने गरी सम्झौता भएको हो ।
    त्यसका लागि प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७७/७८ मा १० करोड रुपियाँ उद्यम विकास कोष कार्यक्रम अन्तर्गत ब्याज अनुदानको लागि छुट्याएको छ मन्त्रालयका अधिकृत रमेश गौतमले जानकारी दिनुभयो । बैंकका प्रदेश प्रमुख पासाङ दोर्जी शेर्पाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत चालू आवको सात महिनामा एक अर्ब ३५ करोड ऋण प्रवाह गर्ने लक्ष्य राखेको बताउनु भयो ।

प्रकाशित : २१ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६