खेलकुद

अन्तरप्रदेशीय शारीरिक सुगठन प्रतियोगिता हुने



रुपन्देही २१ मंसिर । बुटवल श्री अन्तर प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिता गर्दै आएको रुपन्देही जिल्ला शारीरिक सुगठन संघले यस वर्ष राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता गर्ने भएको छ ।
         शनिबार भएको संघको बैठकले बुटवलमा भेटिएको प्राग् आदिमानव रामापिथेकसको बंगरा भेटिएको ऐतिहासिकता तथा पृष्ठभूमि र नेपालले अंग्रेजी सेनालाई घुडा टेकाउन सफल बुटवल जितगढी किल्लाको महत्वलाई थप उजागर गर्न खेलका मध्यमबाट सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले २०७८ बैशाख महिनामा मिष्टर रामापिथेकस राष्ट्रव्यापी खुला शारीरिक सुगठन प्रतियोगिता गर्ने निर्णय गरिएको संघका जिल्ला अध्यक्ष सितु प्रसाद श्रेष्ठले बताए ।श्रेष्ठको अध्यक्षतामा बसेको सो बैठकमा प्रशिक्षक तथा निर्णायक केशव बहादुर शाक्य र रुपन्देही जिम व्यवसायी संघका अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ लगायत रुपन्देहीका रहेका जिम संचालकहरु समेत उपस्थिति रहेको थियोे ।

     सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका अग्रज शारीरिक सुगठनका खेलाडीहरुलाइ सम्मानित गर्ने समेत निर्णय गरिएको थियो ।  प्रतियोगिताका लागि देश बिदेशमा रहेका शारीरिक सुगठन प्रेमीहरु हातेमालोका लागि अनुरोध गर्ने निर्णय समेत गरिएको संघका सचिव राजकुमार श्रेष्ठले बताए ।

प्रकाशित : २१ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६