काठमाडौँ २१ मंसिर । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ।बैठक केहीबेर अगाडि सकिएको हो।बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन्। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा बोलेका थिए।प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफू बैठकमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए।
उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले बाचन गरेका थिए।अब स्थायी कमिटी बैठक मंसिर २८ गते बस्नेछ। केन्द्रीय समिति बैठक पुस ५ गते बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।केन्द्रीय समिति बैठक मंसिर २५ गतेका लागि बोलाइएको थियो।
प्रतिक्रिया