खेलकुद

कपिलवस्तुमा पहिलो पटक खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगीता हुँदै



कपिलवस्तु २२ मंसिर । लागु औषध दुब्र्यसनी रहीत स्वस्थ्य र समृद्ध जीवनकालागि खेलकुद भन्ने नाराकासाथ कपिलवस्तुमा पहिलो पटक खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगीता हुने भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ४ को आयोजनामा यही मंसिर २४ र २५ गते सो प्रतियोगीता हुने भएको हो । प्रतियोगीताका बिषयमा गजेहडा स्थित वडा कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वडाध्यक्ष गणेश बहादुर क्षेत्रीसे सो जानकारी गराउनु भयो  ।


     जितपुर स्थित हालै लुम्बिनी प्रदेश सरकार र नगरपालिकाको २४ लाखको संयुक्त लगानीमा निर्मित कर्भडहलमा पुरुष डबल्स ब्याडमिन्ट हुनेछ । वडाध्यक्ष क्षेत्रीले खेलकालागि आवश्यक सबै तयारी भइसकेको बताउनु भयो । देशभरबाट बिभागीय सहीत ३२ टिम सहभागी हुने लक्ष्य छ । सोमवार साझ सम्म नै ३२ टिम बढी सहभागी भईसकेकोले ४० टीम हुन सक्ने संयोजक गणेश बहादुर ठकुरीले दावि गर्नु भयो । नेपाल प्रहरी र  नेपाली सेना सहीतका टोली खेलमा सहभागी हुने आयोजक समिति सदस्य छबी रेस्मी मगरले स्पष्ट पार्नु भयो ।
     प्रथम, द्धितीय र तृतीयलाई क्रमशः ६६, ३३ र १६  हजार नगद र शिल्ड प्रदान गरिेन छ । लागु औषध बिरुद्ध जनचेतना जगाउन र खेलप्रति आकर्षित गराउन लामो लकडाउन पछि प्रतियोगीता गरिएको रेस्मीले वताउनु भयो । खेलको मेयर मंगल प्रसाद थारुले उदघाटन गर्ने कार्यक्रम छ । खेलका अवसरमा ४ जना बिपन्न दुब्र्यसनीहरुलाई पुर्नस्थापना केन्द्रमा उपचारको ब्यवस्था गरिने वडाध्यक्ष क्षेत्रीले बताउनु भयो ।

    खेलको मार्फत जिल्लालाई चिनाउने र पर्यटीय स्थलको प्रचार प्रसार समेत हुने उहाले औल्याउनु भयो । खेलमा ७ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ । खेलमा कपिलवस्तु र रुपन्देहीका खेलाडी बाहेकका अन्य जिल्लाका खेलाडीलाई खान बस्नको ब्यवस्था आयोजकले  गरेको छ । वडा नम्बर ४ ले आफना वडाका ७ स्थानमा खुला ब्याडमिन्टन कोर्ट बनाउने तयारी गरेको छ । २ वटा टोलमा कोर्ट निर्माण भईसको र बाकी ५ वटा टोलमा निर्माणको तयारी गरिएको वडाधयक्ष क्षेत्रीले जानकारी दिनु भयो । खेलमा आकर्षित गराउन र दुब्र्यसनी बिरुद्ध सचेतनाकालागि कोर्ट निर्माणलाइ अभियान कै रुपमा लगिएको क्षेत्रीले बताउनु भयो ।

प्रकाशित : २२ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६