अर्थ-वाणिज्य

राष्ट्रसंघीय आपतकालीन कोषमा ३७ करोड डलरको प्रतिबद्धता



संयुक्त राष्ट्रसंघ, २४ मंसिर ।  संयुक्त राष्ट्रसंघीय आपतकालीन कोषका लागि ५० भन्दा बढी दातृ निकायले ३७ करोड अमेरिकी डलरभन्दा बढी उपलब्ध गराउन प्रतिबद्धता जनाएका छन् । राष्ट्रसंघका अनुसार यो प्रतिबद्धता रकम आगामी वर्ष सन् २०२१ का लागि हो । सन् २०२० मा व्यक्त प्रतिबद्धताभन्दा सन् २०२१ का लागि बढी रकम उपलब्ध गराउन दातृ निकायहरु सहमत भएका छन् । राष्ट्रसंघीय कोषले सार्वजनिक गरेको विज्ञप्तिमा यस वर्ष कूल ६२ करोड डलर कोषलाई प्राप्त भएको जनाइएको छ ।

कोषले १ अर्ब डलर सहायता जुटाउने लक्ष्य राखेको छ । राष्ट्रसंघीय बजेट प्रतिबद्धता कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आपतकालीन परिस्थितिमा तत्काल सेवा पु–याउन यस्तो कोष अति प्रभावकारी हुने गरेको बताउनुभयो । सन् २००५ मा स्थापना भएको कोषले हालसम्म झण्डै सात अर्ब डलर तत्कालका मानवीय सेवामा खर्च गरिसकेको छ । यस कोषबाट विश्वका १०० भन्दा बढी देशका लाखौं मानिस लाभान्वित भएको कोषले जनाएको छ । 

प्रकाशित : २४ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६