खेलकुद

राष्ट्रिय स्तरको खुल्ला ब्याडमिन्टन शुरु,प्रतियोगिताले कपिलवस्तुको गौरव बढाएको मेयर थारुको तर्क



कपिलवस्तु २४ मंसिर । कपिलवस्तु जिल्लामा आजबाट राष्ट्रिय स्तरको खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बुधबार बुद्ध रंगशालाको कभर्डहलमा एक समारोहका बिच प्रतियोगिताको बाणगंगा नगरका प्रमुख मंगल प्रसाद थारुले उद्घाटन गर्नुभएको छ । उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख थारुले जिल्ला मै पहिलो पटक यतिठूलो प्रतियोगिता आयोजना गर्नु समग्र कपिलवस्तुकै लागि गौरवको विषय भएको भन्दै खेलकुद क्षेत्र नरको प्राथमिकतामा परेको वताउनु भयो ।उहाले ब्याटमिन्टनको लोकप्रियता देशैभरि भएकोले स्वास्थ्यको हिसाबले धेरै राम्रो भएको बताउनुभयो ।


   यस्तै नगरपालिकाका उपप्रमुख चक्रपाणी अर्यालले बाणगंगामा यूवा परिचालन र खेलकुदका धेरै संरचना बन्दै गईरहेको बताउदै खेलकुदको प्रचुर संभावना भएको ठाउ रहेको बताउनु भएको छ । प्रतियोगिताको आयोजना गरेको बाणगंगा वडा नं ४ का वडा अध्यक्ष एबम उद्घाटन समारोहका अध्यक्ष गणेश बहादुर क्षेत्रिले खेलकुदको मूख्य उद्देश्य लागु औषध र दुब्र्यसनीमा परेका युवाहरुलाई सचेत गराउदै स्वास्थ्य र समुन्नत समाज निर्माणमा टेवा पु¥याउनु पनि रहेको जोड दिनुभयो ।
   यसैगरि  कार्यक्रममा शुभकामना मन्तब्य राख्दै सरोकारवाला निकायका प्रमुख प्रतिनिधिहरुले जिल्लाबाट राष्ट्रिय खेलाडी उत्पादन गर्न सकेमात्र यहाका ब्याडमिन्टन कर्भडहलको बास्तविक पहिचान हुने बताएका छन । बाणगंगा नगरपालिका वडा नं ४ को आयोजना र शान्ति दिप युवा क्लबको संयोजनमा सञ्चालन भएको प्रतियोगिता २५ गतेसम्म चल्ने छ । प्रतियोगितामा पूर्बदेखी पश्चिममा गरि बिभिन्न जिल्लाका ब्याडमिन्टन खेलकुद प्रेमीहरुको सहभागिता रहेको जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष छबि रेश्मी मगरले बताउनुभयो ।
   प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समूहले क्रमशः रु ६६ हजार, ३३ हजार र १६ हजारसहित शिल्ड, मेडल, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता पुरुष डबल्स राष्ट्रिय इभेण्टमा प्रतिस्पर्धा गराईने छ । यता वडा कार्यालयका अनुसार प्रतियोगितामा करिब ७ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका संयोजक एबम शान्ति दिप युवा क्लबका अध्यक्ष गणेश बहादुर सिंह ठकुरीको स्वागत मन्तब्यबाट शुरु भएको थियो ।

प्रकाशित : २४ मंसिर २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६