पर्यटन

द्वापरयूग देखि वर्तमान सम्मको महत्वपूर्ण स्थलमा शिवलिङग स्थापना : उपमेयर अर्याल



कपिलवस्तु २६  मंसिर बाणगंगाका नगर उपप्रमुख चक्रपाणी अर्यालले लक्ष्मणघाट द्वापरयूगमा  राम लक्ष्मण वनवास जाँदा देखि अहिले सम्म उत्तिकै महत्वको स्थलको रुपमा रहेको वताउनु भएको छ । उहाले लक्ष्मणघाट नगरको मात्रै नभई कपिलबस्तु जिल्लाकै शानको रुपमा रहेको बताउनुभएको छ । उहाले लक्ष्मणघाटको संरक्षण सम्र्वद्धन र विकासमा स्थानीय नागरिकहरुले देखाएको सक्रियाताको प्रशंसा गर्दै नगर पनि सक्रियताको साथ लागि परेको बताउनुभयो ।

     लक्ष्मणघाट बोलबमधाम परिसरमा स्थापना गरिएको शिवर्मुती तथा १०८ शिवलिंगको उद्घाटन गर्दै उहाले यस्तो बताउनुभएको हो । उहाले यस क्षेत्रको सौन्दरिकरणको लागि विभिन्न योजनाहरु समेत निमार्ण गरिरहेको बताउनुभयो । साथै उहाले  लक्ष्मणघाटको आफ्नै धार्मिक र प्राचिन तथा ऐतिहासिक महत्व बोकेको स्थाल रहेकोले  प्रचार प्रसारको लागि नगरबाट कामहरु भैरहेको बताउनुभयो ।  
    यस्तै कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सुकदेव थारुले विगतको तुलनामा धेरै संरचनाहरु बनेको भन्दै आगामी दिनमा यस क्षेत्रको विकासको लागि छिमेकि वडाहरुसंग समेत सहकार्य गर्दै अगाडी बढ्ने जनाउनुभयो । यस्तै वडा नं. ५ का वडा अध्यक्ष भिष्मराज भुषालले कपिलवस्तु जिल्लाकै मुख्य धरोहरको रुपमा मानिने बोलबम धामलाई पर्यटकीय स्थलको रूपमा विकास गरी अन्तरिक तथा बाह्रय पर्यटकहरुको गन्तव्य स्थल बनाउन आफुले पनि पहलकदमी चाल्ने प्रतिबद्धता जनाउनुभयो । 

        लक्ष्मणघाट धाम परिसरमा बाणगंगा नगरपालिकाको रु.१२ लाख ५० हजार सहयोगमा १२ फिट अग्लो शिव मुर्ति तथा पोखरी निमार्ण सम्पन्न भएको छ । भने स्थानीय १ सय ८ जना व्यक्तिको सहयोगमा १०८ शिवलिंग स्थापन गरिएको छ । बोलबम धाम विकास समितीका पुर्व अध्यक्ष तेजेन्द्र पाण्डे, वडा महिला सदस्य शान्ता पाण्डे, कपिलबस्तु सामुदायिक वन उपभोक्ता महासघं अध्यक्ष हुमनाथ भट्टराई लगाएतले बोल्नु भएको थियो ।  कार्यक्रम बोलबमधाम विकास समितीका अध्यक्ष रणबहादुर काउचाको अध्यक्षता, उपाध्यक्ष सत्यनारायण थारुको स्वागत मन्तव्य तथा लक्ष्मणघाट समाजिक विकास संस्थाका सहसचिव सरिता थारुको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित : २६ मंसिर २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६