अर्थ-वाणिज्य

कोहलपुर–सुर्खेत प्रसारण लाइनको काम शुरु



कोहलपुर–सुर्खेत १३२ केभिए प्रसारण लाइनको काम शुरुआत भएको छ । एक
महिनाभित्र सम्पन्न गर्ने गरी विस्तृत सर्भेको काम थालिएको आयोजनाले जनाएको
छ ।

आयोजनाका प्रमुख रविकुमार चौधरीले विस्तृत सर्भेमा विद्युत् लाइनले ओगट्ने
क्षेत्रको भौगोलिक अवस्था, रूख कटानलगायतका विषयमा अध्ययन हुने बताउनुभयो ।
“प्रारम्भिक सर्भे भइसकेको छ, विस्तृत सर्भे शुरु हुँदैछ”, उहाँले
भन्नुभयो, “कुन बाटोबाट लैजाने, कति रूख कटान गर्नेसम्बन्धी टुङ्गो अब
अध्ययनपछि लाग्नेछ ।” आयोजना निर्माणको जिम्मेवारी भारतीय कम्पनी आरएस
इन्फाप्रोजेक्ट प्रालिले पाएको छ । कम्पनीले दुई वर्षभित्र प्रसारण लाइनको
डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ
। आयोजनामा करीब रु ७० करोड खर्च हुने अनुमान गरिएको छ ।

आयोजना सम्पन्न भएपछि ‘कम भोल्टेज’को समस्या हट्नेछ । ‘कम भोल्टेज’कै कारण
कर्णालीमा विद्यत् विस्तार हुन सकेको छैन । लामो समयदेखि प्रसारण लाइन
निर्माणको चर्चा चले पनि राजनीतिक अस्थिरताका कारण काम शुरु सकेको थिएन । 

प्रकाशित : २७ मंसिर २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६