कपिलवस्तु २७ मङ्सिर ।पूर्वमन्त्री चक्रपाणी खनाल बलदेवले सहकारीले लगानी, उत्पादन र वितरण प्रणालीलाई समतामूलक बनाउदै जनताको जीवन यापनलाई सहज बनाइरहेको बताउनु भएको छ । उहाले देशभर रहेका ३३ हजार सहकारीमा ६० लाख जनता आवद्ध भएकोमा ६५ प्रतिशत महिलाको संख्या रहेको तथ्य पेश गर्दै जनसंख्या भन्दा उच्च महिला प्रतिनिधित्व भएको एकमात्र क्षेत्र सहकारी भएको वताउनु भएको छ । बलदेवले सहकारीलाई उत्पादनमूलक क्षेत्रसंग जोड्न सके आर्थिक क्षेत्रमा देशले फड्को मार्न सक्ने तर्क समेत गर्नुभयो ।
माउण्ट एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड बाणगंगा नगरपालिका–६ भगलापुरको २२ औं साधारण सभामा बोल्दै यस्तो वताउनु भएको हो । बाणगंगा नगरपालिकाका ५ र कपिलवस्तु नगरपालिकाका ३ गरी यस क्षेत्रका ८ वटा वडालाई कार्यक्षेत्र बनाएको सहकारीको साधारण सभा बाणगंगा–६ बैदौलीमा शनिबार सम्पन्न भएको हो ।‘फजुल खर्च कटौती गरौं, बचत गर्ने बानी बसालौं’ भन्ने मूल नारा सहित साढे दुई दशकदेखि ग्रामिण भेगमा क्रियाशील यस संस्थाको साधारण सभा नेकपाका केन्द्रीय नेता गिरीधारीलाल न्यौपानेले सहकारी क्षेत्र आम जनताको समस्या समाधान गर्ने शसक्त माध्यम बनेको बताउदै ग्रामिण क्षेत्रका न्यून आय भएका नागरिकको आर्थिक अवस्था मजबुद बनाउन सहकारी बरदान सावित भएको दावि गर्नुभयो ।
साधारण सभामा संस्थाको प्रगति प्रतिवेदन संस्थाका सचिव रुमलाल पोख्रेलले प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष लेखनाथ भट्टराईले आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक टीका बहादुर मल्लले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, अध्यक्ष युवराज पोख्रेलले नीति तथा कार्यक्रम तथा व्यवस्थापक रबिलाल भट्टराईले संस्थाको विकासक्रम, चुनौती र सम्भावना प्रस्तुत गर्नुभएको थियो
ग्रामिण क्षेत्रमा छरिएर रहेको पँजीलाई एकीकृत गरी सदस्यहरुमा उद्यमशीलता विकास गराई आर्थिक रुपमा सबल एवं सक्षम बनाउने अभिप्रायले वि।सं। २०५३ सालमा २० जना सदस्यबाट २० रुपैंयाको दरले बचत संकलन गरी सुरुवात गरिएको यस संस्थाको करिब साढे दुई दशक यात्रमा निकै प्रगति भएको देखिन्छ ।हाल संस्थाको कुल शेयर सदस्य संख्या ३ हजार ५ सय ३४ पुगेको छ भने शेयर पुँजी १ करोड ४५ लाख २४ हजार ९ सय रहेको छ । त्यस्तै कुल बचत निक्षेप १४ करोड ५४ लाख २७ हजार ८ सय २१ तथा कुल लगानी १३ करोड ९० लाख ११ हजार ५७ रहेको छ भने जगेडा कोष १ करोड ४४ लाख २६ हजार ६ सय १३ रहेको छ । त्यसैगरी खुद बचत अर्थात नाफा ४९ लाख २ हजार ७ सय ९३ रहको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कोभिड–१९को कारण यस वर्षको साधारण सभा विगतभन्दा फरक तरिकाले गरिएको अध्यक्ष युवराज पोख्रेलले जानकारी दिनुभएको छ । सबै सदस्यहरु एकै ठाउँमा भेला भएर कार्यक्रम गर्दा संक्रमणको जोखिम बढ्ने भएकाले प्रतिनिधिमूलक उपस्थितिमा सभा सम्पन्न भएको बताईएको छ । एक हप्ता अगाडी नै सबै सदस्यको घरघरमा वार्षिक प्रतिवेदन पुर्याएर फोन तथा प्रत्यक्ष भेटघाटबाट सुझाव तथा गुनासोहरु संकलन गरी सोहि अनुरुप साधारण सभा सम्पन्न गरिएको अध्यक्ष पोख्रेलले बताउनु भयो ।
कार्यक्रममा संस्थाका पदाधिकारी, विषयगत समितिका सदस्यहरु, कर्मचारीहरु, पूर्व अध्यक्षहरु, जनप्रतिनिधि, पत्रकार तथा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।संस्थाका सचिव रुमलाल पोख्रेलको सञ्चालन र उपाध्यक्ष रीता चौधरीको स्वागत मन्तव्य रहको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष युवराज पोख्रेलले गर्नुभएको थियो ।
प्रतिक्रिया