अर्थ-वाणिज्य

दुई वर्षमा पुरा हुँदै उज्यालो नेपालको सपना उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पुन ।



४ प्रदेशमा यसै वर्ष , दुई वर्षमा सबै नेपालीको घरमा बिजुली पुग्छ ः

जानु पाण्डे

कपिलवस्तु मङ्सिर २८

प्रदेश नं. १, कर्णाली र सुदुर पश्चिम बाहेकका प्रदेशमा यही वर्ष सबै जनताको घरमा बिजुली पुग्ने उर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन (अनन्त) ले बताएका छन् । 

‘ अहिले ९२ प्रतिशत नेपाली जनताले विद्युतको सेवा पाएको र बाकी ८ प्रतिशत जनताका घरमा दुई वर्षमा विद्युतको पहुँच पुग्ने गरी सरकारले काम गरेको छ । अव बत्ती बाल्ने मात्र होइन । हिटर , इन्डक्सन, टिभी फ्रिज समेत चल्ने गरि बिद्युत आउने छ । ’ नेपाल बिद्युत प्राधिकरणको वितरण प्रणाली सुदृढिकरण तथा विस्तार अन्र्तगत महाराजगन्ज सव स्टेशनको आइतवार उद्घाटन गर्दै मन्त्री पुनले भने । ‘ कोभिडका कारण कृषिमा रोजगारको अवसर बढाउनका लागी सरकारले सिंचाईमा प्राथमिकता दिएको छ । संघिय सरकारका तर्फबाट ५ हजार स्यालो ट्युववेल, २५० भन्दा बढी डिप बेलका योजना संचालन भएका छन् । ती योजना सिंचाईको सुविधा नभएका क्षेत्रका प्राथमिकतामा पर्ने छन् ।  कपिलवस्तु जिल्ला कृषि उत्पादन धेरै भएको तर सिंचाई सुविधामा पछाडी परेको छ । यहाँ राप्ती – सुराई डाईभर्सनबाट ४१ हजार हेक्टर भुमी सिंचाई हुने गरि अध्ययन भएको छ । ८ किमी सुरुङ मार्ग हुँदै राप्तीको पानी नौमुरेमा ड्याम्प वनाई कपिलवस्तुको सुराई पुराईने छ । ’

कार्यक्रममा बोल्दै संघिय सांसद बृजेश कुमार गुप्ताले सव–स्टेशन निमार्ण पछि बिद्युतका समस्याबाट मुक्त भएको बताएका छन् । कपिलवस्तु नदीका कारण कटान बढेको छ । जनता तटवन्ध कार्यक्रम संचालनको घोषणा भए पनी सुरुवात नुहँदा कटान बढेको छ । तटवन्ध कार्यक्रम तत्कालै संचालनका लागी माग गरे । सिंचाईको समस्या दीर्घकालिन रुपमा हटाउनका लागी राप्ती सुराई डाईभर्सनका योजना कार्यान्वयन हुनु पर्नेमा गुप्ताले जोड दिए । 

एसियाली विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा देश भरमा सवस्टेशन निर्माणका क्रममा रहेको छ । कपिलवस्तुका बुद्धभुमी र शुद्धोधन गाउँपालिकामा समेत ३३÷११ केभिए का २ सव स्टेशन निर्माणको अन्तिम चरणमा रहेको आयोजना प्रमुख बोदराज ढकालले बताउनु भयो । महाराजगन्जमा निर्माण भएको सव स्टेशन १३ करोडको लागतमा निमार्ण भएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास समिती सभापती दीर्घ नारायण पाण्डे , नेपाल बिद्युत प्राधिकरण लुम्बिनी प्रदेश प्रादेशिक कार्यालयका निमित्त प्रमुख सुरज गौतम , निमार्ण कम्पनी त्रिपुरेश्वर–जयदुर्गे जे.भि.प्रवन्ध निर्देशक पदम पदम प्रसाद लुइटेल ( सागर) मन्तव्य राख्नु भएको थियो । सव स्टेशन संचालन भए पछि न्युन भोल्टेज, लाइन कट हुने समस्या कम हुने र बिद्युत चुहावट समेत रोकिने छ ।

प्रकाशित : २८ मंसिर २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६