अर्थ-वाणिज्य

आयआर्जनतर्फ उन्मुख हुदैँ राप्तीका महिला



देउखुरी, २९ मंसिर । महिला तथा पीछडिएको वर्गको आर्थिक तथा सास्कृतिक अधिकार प्रवद्धन कार्यक्रम अन्तरगत राप्तीको वडा नं ६ र ७ मा अनुगमन गरिएको छ ।समाज रुपान्तरण अभियानमा सक्रिय स्वान संस्था लमहीको राप्ती गाउँपालिका परियोजना सल्लाहकार समितिले आठ परिवारले गरेको आय आर्जनमुखी कार्यको लगनशिलता, ब्यवस्थापन, आम्दानीको अवस्था र सहयोगको पूर्ण सदुपयोगताको बारेमा स्थलगत अनुगमन गरेको हो ।

आइएम स्वीस डेभलपमेन्टको सहयोगमा सञ्चालित महिला तथा पिछडिएको बर्गको आर्थिक तथा सास्कृतिक अधिकार प्रवद्धन कार्यक्रम मार्फत लाभग्राहि परिवारले सञ्चालनमा ल्याएको तरकारी खेति, पशु पालन तथा खुद्रा पसल फ्रेस हाउसको अवलोकन गरिएको हो ।स्वान लमही संस्थाको राप्ती गाउँपालिका परियोजना सल्लाहकार समिति संयोजक उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको संयोजकत्वमा भएको अनुगमनमा कार्यालय तथा सस्थाको तर्फवाट संयुक्त टोलीले सहयोग प्राप्त परिवारलाई सल्लाह सुझाव समेत प्रदान गरेको थियो ।अनुगमनको क्रममा भानपुर, छोट्की सिसहनियाँ, बगरापुर, सगरापुर, मझेरियाका लक्षित परिवारको आयआर्जनमा सहयोग पुराउने उदेश्यले ब्यवसाय तथा कृषि पशु कर्मका लागि स्वान लमही संस्थाले नगद लगानी समेत गरेको पाइएको छ ।

अनुगमन टोलीमा वडा नं ६ र ७ का वडाअध्यक्ष बेद प्रसाद चौधरी, विद्याशरण चौधरी, कृषि अधिकृत महेश अधिकारी, अधिकृत विकास ज्ञवाली, पशु शाखा प्रमुख शेर बहादुर हमाल, महिला बालबालिका प्रमुख जिवन कुमारी जिसी, सुवास भट्टराइ, तिर्थराज ज्ञवाली, स्वान संस्थाका उपाध्यक्ष गंगा चौधरी, कोषाध्यक्ष धनीराम चौधरी, रेमन्त चौधरी कार्यक्रम संयोजक विष्णु भुसाल, प्रशासन तथा विक्तिय अधिकृत बविता चौधरी, जेटिए सीता चौधरी, सामाजिक परिचालक अन्जु चौधरी लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित : २९ मंसिर २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६