अर्थ-वाणिज्य

नगरपालिकाले बजेट दिन्छ , उपभोक्ताले चोरी गरी निर्माण गर्दैै ।



 तस्बिर सांकेतिक

कपिलवस्तु मङसिर ३०

स्थानीय सरकारले बिकास निमार्णका योजनामा बजेट विनियोजन गरेर काम लगाउने गरेको छ । तर बजेट हुँदा हुँदै पनी रकम जोगाउनका लागि उपभोक्ता समितीले चोरी गरेर काम गराएको खुलासा भएको छ । कपिलवस्तुको बुद्धभुमी नगरपालिका १ चंघाटमा नगरपालिकाको ५ लाख लागतमा बन्न लागेको नालीमा प्रयोगका लागि ढुंगा चोर्दै गर्दा स्थानीयले समाएका छन् । 

शुक्रवार राती ९ बजे गुडरुंग खोलाबाट ढुंगा चोरेर ल्याउदै गर्दा स्थानीय युवाले २ ट्याक्टर नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिए पछि उनीहरुले ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा खवर गरेका थिए । प्रहरी आउने थाहा पाए पछि ट्याक्टर चालकले लोड गरेको ढुंगा खोलामा अनलोड गराएका थिए । प्रहरीले लु ४ त ५७८५ र लु ४ त २३९० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिने युवाका अनुसार बुद्धभुमी नगरपालिकाको नगरस्तरीय योजना अन्र्तगत नाली निमार्णका लागि ढुंगा चोरीएको थियो । नगरपालिकाले उक्त योजनाका लागि ५ लाख रुपैया बजेट बिनियोजन समेत गरेको छ । रकम जोगाउनका लागि समितीका अध्यक्ष गीता भुसालको निर्देशनमा रातको समयमा ढुंगा चोर्न जाँदा नियन्त्रण लिएको थियो । 

ढुंगा चोर्ने ट्याक्टरका मालिकले समाउनेको बिरुद्धमा प्रहरीमा उजुरी दिए ।

ढुंगा चोर्न प्रयोग भएका ट्याक्टरका मालिक दिनानाथ अधिकारी र बुद्धीराम थारुले  नियन्त्रण लिने युवाहरुका बिरुद्धमा उजुरी दिएका छन् । स्थानीय ४ युवाको नाममा ट्याक्टर तोडफोड गरेको भनी ईलाका प्रहरी कार्यालय गोरुसिंगेमा जाहेरी आएको प्रहरी निरीक्षक कृष्ण रानाले बताएका छन् । उजुरी आए पछि आइतवार छलफलका लागि प्रहरीले बोलाएको एक युवा बताउछन् । 

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६