अर्थ-वाणिज्य

मृत्यूदर घटाएकोमा स्थानीय तहद्वारा साईकल उपहार



कपिलवस्तु ३० मंसिर ।वाणगंगा नगरपालिका वडा नं २ ले वडा भित्र रहेका एक दर्जन महिला स्वास्थ्य स्वयम सेंवीकालाई सम्मान गर्दै साइकल प्रदान गरेको छ । उक्त कार्यक्रममा स्वयमसेविका महिलालाई सम्मान पत्र र साइकल प्रदान गर्दै नगरका उपमेयर  चक्रपाणी अर्यालले स्वयम सेवी महिलाले गरेको कामको उच्च कदर गर्नु पर्ने बताउनु भयो । स्वयमसेवीका महिलका  कारण नेपालमा मातृ मृत्युदर समेत घटेको उहाँले बताउनु भयो ।


नगरमा महिलाहरुलाई सक्षम बनाउन विभिन्न आयमुलक कार्यक्रमहरु पनि सञ्चालन गरेको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष विष्णु पौडेलले महिला स्वास्थ्य स्वयम सेवीकालाई केहि भए पनि राहत होस भन्ने उद्देश्यले साइकल प्रदान गरिएको बताउनु भयो । वडाका  महिलाहरुलाई सम्मानका साथ आत्मनिर्भर बनाउने कार्यमा वडा लागेको उहाँले बताउनु भयो । सम्मान र साइकल पाउदा महिलाहरु खुशी भएका थिए ।

    वडा सचिव नरेन्द्र पोख्रेलको सहजिकरणम भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डे , वडा सदस्य टिकादेवी अधिकारी , टोलविकास संस्थाका शोभाकान्त बश्याल लगायतले बोल्नु भएको थियो ।

प्रकाशित : ३० मंसिर २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६