अर्थ-वाणिज्य

भन्सार छलेर ल्याइएको २१ हजार किलो प्याज बरामद



काठमाडौं १ पुष । भन्सार छलेर भारतबाट ल्याइएको २१ हजार किलो प्याज प्रहरीले बरामद गरेको छ।पर्सा वीरगन्ज महानगरपालिका ६ मिनाबजारस्थित तरकारी पसलपछाडिबाट प्रहरीले प्याज बरामद गरेको हो।पर्सा प्रहरीका अनुसार प्याजको मूल्य १३ लाख २५ हजार १७० रुपैयाँ छ। उक्त प्याज त्यहाँबाट व्यापारी बलिरामजी प्रसाद कलवारले ल्याएको प्रहरीले जनाएको छ।पर्सा प्रहरीको विशेष टोलीले भण्डारण गरिराखिएको प्याज बरामद गरेको प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। बरामद प्याज आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको उहाँले बताउनुभयो ।

प्रकाशित : १ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६