अर्थ-वाणिज्य

चार जना युवाले संयुक्त लगानीमा सुरु गरे कपिलवस्तुमा पहिलो पटक ड्रागन खेती



 कपिलवस्तु ३ पुष ।  ड्रागन फल नेपालमा भित्रिएको त्यति लामो समय भएको छैन । तर, यसको लोकप्रियता भने छोटो समयमै चुलिएको छ ।  कपिलवस्तु जिल्लामा पनी पहिलो पटक ड्रागन फलको व्यावसायिक खेती सुरु भएको छ।जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाडको भर्तापुरमा यो खेति सुरु गरिएको हो ।लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले बिहिबार   ड्रागन खेतिको औपचारिक शुभारम्भ गर्नुभएको थियो ।भलवाडका युवा समाजसेवसी, राष्ट्रिय कलाकार तथा मिडियाकर्मी, शैक्षिक व्यक्तिहरु प्रेम पाण्डे, कृष्ण केसी, केशव सापकोटा र देवराज पौडेल मिलेर सो खेति सुरु गर्नुभएको हो ।ड्रागनमा खेती गरेको दुई वर्षमा फल लाग्न शुरु गर्छ ।

यो फल नेपाली बजारमा प्रतिकिलो १  हजारदेखी १२ सय रुपैयाँसम्ममा विक्छ । तर, मागअनुसार यसको आपूर्ती हुन सकेको छैन ।  करिब १० कठ्ठा खेतमा पहिलो पटक ड्रागनका एक हजार बिरुवा रोपिएको छ । भियतनामको होचिमिन भन्ने ठाउँबाट ड्रागनका बिरुवा ल्याइएको व्यवसायी पाण्डेले बताउनुभयो । पाण्डेका अनुासर झण्डै ५० लाख लागानीमा सुरु गरिएको सो योजनामा ड्रागन खेति सँगै पन्क्षी पार्क पनि निर्माण गरिएको छ । फेन्सि प्रजातिको कुखुरा राखिएको सो पार्कमा हाल साकिनी, हेम्पा सायर, अस्ट्रोलव, कडकनाथ जातका फेन्सी कुखुरा पालन गरिएको छ ।

तीन जना शैक्षिक व्यक्तिहरु र एक जना कलाकार तथा स्थानिय युवा समाजसेवी मिलेर सो खेती सुरु गरेका हुन । केसी, सापकोटा र पौडेल शिक्षा क्षेत्रमा लामो समयको अनुभव संगालेका व्यक्ति हनुुहुन्छ भने पाण्डे कलाकारीता सँगै मिडियाकर्मी र स्थायि युवा समाजसेवी पनि हुनुहुन्छ ।पछिल्लो पटक लुम्बिनी प्रदेशमा दाङ जिल्लामा डा«गनको खेती गरिएको चर्चा भईरहँदा कपिलवस्तुमा पनि पहिलो पटक यसको व्यवसायिक खेती सुरु गरिएको हो ।

विभिन्न क्षेत्रमा क्रियाशिल युवा व्यवसायीहरुले सामुहिक लगानीमा ड्रागन फलको खेती सुरु गरेका हुन । पछिल्लो समय ड्रागन फलको खेती प्रति धेरैको मोह बढीरहेको छ । यो फल देख्दामा जति आकर्षक हुन्छ त्यत्तिकै स्वादिष्ट पनि । यसबाट प्राप्त हुने फाइदाले महंगो मूल्यलाई बिर्साइदिन्छ ।छालासम्बन्धि विभिन्न रोग निको पार्नका लागि ड्रागन फलले सहयोगी भूमिका निर्वाह गर्छ । यसले कपाललाई पनि फाइदा पुर्‍याउँछ ।

स्वस्थ्यबर्द्धक

यो फल गर्भवती महिलाको लागि अत्यन्तै लाभदायक हुन्छ । कोलस्ट्रोल, उच्च रक्तचाप नियन्त्रणमा पनि यसले भूमिका निर्वाह गर्छ । यसले कब्जियतको समस्यालाई समेत निको पार्छ । क्यान्सरको सम्भावनाबाट टाढा रहनका लागि पनि यो फल सेवन गर्दा हुन्छ । यस फलले तौललाई सन्तुलनमा राख्ने काम पनि गर्छ ।

मजबुत हाड र दाँतको लागि ड्रागनको फल उपयोगी हुन्छ । साथै यसले शरीरमा सेल उत्पादनमा पनि मद्दत पुर्‍याउँछ । बढ्दो उमेरका बालबालिकाका लागि यो फल निकै उपयोगी हुन्छ । यसले शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण टेवा पुर्‍याउँछ । आँखाको दृष्टिका लागि पनि यो उपयोगी फल हो ।

उपभोग 

यो फलबाट उच्चस्तरको आइसक्रिम, इनर्जी ड्रिंक, वाइन र ब्रान्डी बनाउन सकिन्छ । यसबाट केक पनि तयार पार्न सकिन्छ । गर्मी मौसममा लस्सी बनाएर खान सकिन्छ । ड्रगनको मुन्टाको तरकारी निकै स्वादिष्ट हुन्छ ।यो फल सलादको रुपमा पनि प्रयोग हुन्छ । बिभिन्न मिठो परीकारमा निकै उपयोगी हुन्छ । 

प्रकाशित : ३ पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६