कपिलवस्तु ४ पुस । कपिलवस्तु उद्योग बाणिज्य संघ जीतपुरले यहि माघको २३ मा अधिशबेशन गर्ने भएसंगै अवको उद्योगी ब्यावसयीको नेतृत्व कसले गर्ला ? भन्ने चर्चा शुरु भएको छ ।अहिले सम्म औपचारीक रुपमा अध्यक्षको उम्मेदवारी दिन भने एकजना मात्र तयार भएको विवरण प्राप्त भएकोछ । संघको सस्थापक मध्येका एक बरिष्ट युवा उद्यमी टोपनारायण बेल्वासेले यसपाली अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
यसपाली अध्यक्षका सबै भन्दा शक्तिशाली दावेदार पनि उहा नै हो । पूर्व बरिष्ट उपाध्यक्ष भई कुशल भूमिका निर्वाह् गरेका बेल्वासेलाई पहिले अध्यक्ष उम्मेदवार बन्दा झिनो मतले पराजित हुनु भएको थियो । गत अबिधेशनमा सहमति हुदा उहाले अध्यक्षपद छाड्नु परेको थियो ।बेल्वासेकालागि सबै भन्दा अनुकुलता भनेको साधारण सदस्यमा स्पष्ट बहुमतमा रहेका नेकपा समर्थित उद्योगी ब्यावसायीको मोर्चाले बेल्वासेलाई यसपाली सर्बसहमत रुपमा अध्यक्ष बनाउने निर्णय गरेर आवश्यक वाह्य सहमतिको पहल गर्नेगरी एक कार्यदल बनाएको छ ।
अध्यक्षमा प्रस्तावित बेल्वासेले भन्नु भयो सबैको साथ र सहयोगमा यसपाली सर्बसहमत अध्यक्ष बन्छु भन्ने लागेको छ । चुनावमा जाने समय परिस्थिती पनि छैन आवश्यक्ता पनि छैन उहाले भन्नु भयो ।
प्रतिक्रिया