काठमाडौं ८ पुष । स्थानीय बजारमा बुधबार सुनको मूल्य ९ सयले घटेको छ। छापावाला सुन मंगलबार प्रतितोला ९४ हजार ९०० रुपैयाँमा कारोवार भएको थियो । प्रतितोला ९०० ले घटेर बुधबार ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला ९४ हजार ४०० मा कारोवार भएकोमा बुधबार भने प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ। यसैगरी चाँदी प्रतितोला ५० रुपैयाँले घटेको छ । प्रतितोला एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी बुधबार भने प्रतितोला एक हजार २६५ मा कारोवार भइरहेको छ।
८ पुस २०७७, बुधबार








प्रतिक्रिया