अर्थ-वाणिज्य

करोड लगानीमा कृषि सहकारी बजार



अर्घाखाँची ८ पुस। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.१ स्थित शान्तिबगैचामा करिब १ करोडको लगानीमा कृषि सहकारी बजार निर्माण कार्य तिव्र गतिमा अगाडि बढिरहेको छ। यहि माघ  १ गतेदेखि गर्ने बजार सञ्चालन गर्ने उदेश्य लिएको कृषि  सहकारी बजारमा लुम्बिनी प्रदेश सरकार को ५० लाख र कृषि सहकारी संघ अर्घाखाँची को को ५० लाख लगानी रहेको छ। कृषकले उत्पादन गरेका कृषि उपजको खरिद तथा बिक्री वितरण गरिनुका साथै कृषकलाई आवश्यक पर्ने कृषि सामाग्रीको उपलब्ध गराउने कृषि सहकारी बजारको मुख्य उदेश्य रहेको कृषि सहकारी संघ अर्घाखाँचीका जिल्ला अध्यक्ष लक्ष्मण कडेलले बताउनु भयो। 

    उहाँले  सो बजार सञ्चालनमा आएपछि कृषकले आफुले उत्पादन गरेका  कृषि उपजहरुको सहि मुल्य पाउनुका साथै कृषकलाई आवश्यक पर्ने सम्पुर्ण सामाग्रीहरु कृषकले उत्पादन गरेका बस्तुसंग साटन पाउने हुँदा कृषकलाई कृषि पेशालाई अझै व्यवस्थित,परिस्कृत र बैज्ञानिक बनाउन महत्त्वपूर्ण भुमिका निवार्ह गर्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ। अर्घाखाँचीमा कृषि सहकारी बजार यति ठुलो लगानी गरेर बनाईएको पहिलो पटक हो। कृषि सहकारी बजारको सञ्चालनले अर्घाखाँचीको कृषि क्षेत्रको विकासमा महत्त्वपूर्ण अवसर सिर्जना गर्ने देखिएता पनि यसको सफलता  कति रहनेछ भन्ने कुरा बजार सञ्चालन पश्चात् निक्यौल गर्न सकिनेछ।

प्रकाशित : ८ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६