प्रदेश

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा सडक प्रदर्शनमा



काठमाडौँ १० पुष ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनका विरुद्धमा सडक आन्दोलन थालेको छ । नेकपाको बिहीबार सम्पन्न तेस्रो केन्द्रीय कमिटीको बैठकले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

माइतीघर मण्डलमा आज आयोजित करीब एक घण्टाको विरोध प्रदर्शनमा पार्टी अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी र केन्द्रीय कमिटी सदस्य,  राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका सदस्य तथा विभिन्न जनवर्गीय सङ्गठनका नेता सहभागी थिए ।

विरोध प्रदर्शनमा सहभागीले प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गरेका थिए । प्रदर्शनमा सहभागी नेता तथा वर्तमान र पूर्वसांसदले प्रतिनिधिसभा भङ्ग नभएको सङ्केत दिन ‘हामी यही छौँ’ भन्ने पम्पलेट बोकेका थिए । निर्वाचन चिह्न आफूहरुकै रहेको जिकिर गर्दै उनीहरुले ‘सूर्य’ चिह्न बोकेका थिए ।

नेकपाको आधिकारिकता आफूहरुसँगै रहेको जनाउ दिन नेताकार्यकर्ता माइतीघरबाट नाराजुलूस गर्दै भद्रकाली, रत्नपार्क हुँदै कान्तिपथस्थित निर्वाचन आयोग पुगेका छन् ।  नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गरेलगत्तै विवेकशील साझा पार्टीका कार्यकर्ताले पनि माइतीघरमा विरोध प्रदर्शन गरिरहेका छन् । 

प्रकाशित : १० पुस २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६