कपिलवस्तु १४ मंसिर । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–३ स्थित राजापानी सामुदायिक वन उपभोक्ता समूहको निर्वाचन २०८३ मा नेकपा एमाले नेतृत्वको संयुक्त गठबन्धनले भारी मतान्तरसहित सबै पदमा क्लिनस्विप गरेको छ । एमाले, नेपाली काँग्रेस र नेकपा माओवादीको समर्थनमा बनेको गठबन्धनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र श्रम संस्कृति पार्टीको गठबन्धनलाई पछि पार्दै ६० प्रतिशतभन्दा बढी मतसहित प्रभावशाली जित हासिल गरेको हो ।
राजापानी सामुदायिक वन उपभोक्ता समूह निर्वाचन समितिले सार्वजनिक गरेको मतगणना परिणामअनुसार प्रमुख पदहरूमा संयुक्त गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्ष पदमा सन्तराम रौतार (थारु) १,०३३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी दिनानाथ पाण्डेले ४८० मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र उम्मेदवार कर्ण बहादुर कुँवरले १३५ मत ल्याउनु भएको छ ।
त्यसैगरी उपाध्यक्ष पदमा गीता थापा७६३ मतसहित विजयी बन्नुभएको छ भने बिमला राना कुँवरले ४४६ मत पाउनुभएको छ । सचिव पदमा ईन्दिरा कुमारी वि.क. पोख्रेल ८२४ मत ल्याएर विजयी हुँदा अमृता थारुले ६५१ मत प्राप्त गर्नुभयो ।
यस्तै, कोषाध्यक्षमा हरिद्वार प्रसाद चौधरी (थारु) ९९४ मतसहित विजयी हुनुभएको छ भने मनिषा पाण्डेले ५४९ मत पाउनुभएको छ । लेखा संयोजकमा गोपालमणी ज्ञवाली ९४९ मतसहित विजयी बन्दा गुणानिधि खनालले ३१२ मत प्राप्त गर्नुभयो । लेखा सदस्यमा सुरज लाल थारु ८८३ मतसहित विजयी हुनुभएको छ भने बैधनाथ चौधरीले ५६६ मत ल्याउनुभएको छ ।
स्थानीय सामुदायिक वनको नेतृत्व चयनका लागि भएको यो प्रतिस्पर्धामा संयुक्त गठबन्धनको एकताबद्ध रणनीतिका कारण नतिजा आफ्नो पक्षमा पार्न सफल भएको सरोकारवालाहरूले बताएका छन् । नयाँ कार्यसमितिले वन संरक्षण, व्यवस्थापन तथा उपभोक्ताको हकहितमा प्रभावकारी काम गर्ने अपेक्षा गरिएको छ ।राजापनी सामुदायिक बनको अध्यक्ष निर्वािचत सन्तराम रौतार यशअघिको सोही वार्डको निर्वाचित वडाध्यक्ष समेत हुन । त्यसो त रास्वपालाइ अध्यक्ष दिएर निर्बिरोध गर्न एमाले काङ्ग्रेस नेताले राखेको प्रस्ताव रास्वपाले नमानेको बताएको छ । नवप्रभात सामुदायिक बनमा एमाले र काङ्ग्रेस अलगअलग प्रतिस्पर्धा गर्दा रास्वपाले सबैलाई क्लिनस्विप पारेपछि एमाले काङ्ग्रेस मिल्दैनन भन्ने रास्वपा अनुमान फेल खाएको च्ग भने अबको स्थानीय चुनाव पनि यस्तै हुने प्रारम्भिक सन्केत बनको चुनावले दिएको छ ।
१४ मंसिर २०८३, आइतबार









प्रतिक्रिया