अर्थ-वाणिज्य

बुटवलको आइसियूवाट फरार संक्रमित भालुवाङमा फेलापरे



 बुटवल १३ पुस ।  बुटवल स्थित कोरोना विशेष अस्पतालबाट भागेका संक्रमित दाङको भालुवाङमा भेटिएका छन् । आइतवार  विहान अस्पतालबाट भागेको उनी दाङको भालुवाङमा रहेको आफ्नै घरमा पुगेको उनका आफन्तले बताएका छन् । अस्पतालबाट सौच गर्नका लागि जाने बहाना बनाएर फरार रहेका ५५ वर्षिय पुरुष सार्वजनिक सवारी बस चढेरै भालुवाङ पुगेका हुन् ।

   निमुनियाका रोगी बुटवलका ५५ वर्षिय पुरुष लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएकोमा पिसिआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो । गत बुधबार कोरोना पुष्टि भएसँगै अस्पतालको आइसियु कक्षमा भर्ना भएका उनी दाङमा अवस्थित आफ्नै घरमा पुगेको उनका आफन्तले जानकारी दिए ।

प्रकाशित : १३ पुस २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६