अर्थ-वाणिज्य

उपभोक्ताद्वारा गौतमबुद्ध डिभिजन बन कार्यालय घेराउ



कपिलवस्तु १४ पुस।सरकारले बैज्ञानिक बन व्यवस्थापन,काठ उत्पादन, विक्री र ओसारपसारमा लगाएको रोक फिर्ता नलिएको भन्दै कपिलवस्तुको डिभिजन बन कार्यालय गौतमबुद्ध घेराउ गरिएको छ । सामुदायिक तथा साझेदारी बनका उपभोक्ताहरुले सरकारले गरेको निर्णय बिरुद्ध प्रर्दशन समेत गरेका छन् । शिवराज नगरपालिका ५ समिति चोक बाट र्याली निकाली चन्द्रौटा बजार क्षेत्र परिक्रम गरी बन कार्यालय घेराउ गरेका हुन ।

    बैज्ञानिक बन व्यवस्थापन सहित देशभरी काठजन्य वस्तुमा लगाएको प्रतिबन्ध फुकुवा गर्न पटक पटक माग गरेपनि त्यसलाई सरकारले बेवास्ता गरेका कारण सडकमा उत्रिन लागेको कपिलवस्तु साझेदारी बन व्यावस्थापन समितिका अध्यक्ष गंगेश तिवारीले बताउनुभयो । जेष्ठ १५ गते गरेको मन्त्रीपरिषदको निर्णय असान्र्दभिक र हचुवाको भरमा ल्याइएको र यसले विदेशी काठ आयात बढ्ने र नेपाली काठ जंगलमै कुहिने अवस्था आएकोले निर्णय सच्याउन आग्रह गरेको बताउनुभयो ।

    “सरकारको यो निर्णय बन ऐन विपरित,नेपाली काठ जंगलमै कुहाउने र अर्बौको काठ विदेशबाट आयात गर्ने योजना अन्र्तगत गरिएको निर्णय हो” उहाँले भन्नुभयो “व्यक्तिगत स्वर्थको लागि गरेको यो निर्णय नेपालकै हित विपरित भएको र देशलाई काठमा आत्मनिर्भर बनाउने सरकारी योजना सरकारले नै असफल गराइरहेको छ” । पटक पटक आन्दोलन गर्दा समेत सुनुवाई नभएको कारण अब सडक बन्द जस्ता आन्दोलनका कार्यक्रम गर्ने सर्घष समितिका संयोजक रेणु सेनले बताउनुभयो ।

    सरकारले जेष्ठ १५ गते देशका विभिन्न क्षेत्रमा काठ ओसारपसार गर्ने कार्यमा बनक्षेत्रको दुरुपयोग भएको भन्दै सबै काम तत्काल रोक्न र जे जहा छ त्यहि राख्ने निर्णय गरेको थियो । उक्त निर्णयको देशभर विरोध भइरहेको छ । देशभरका साझेदारी बन, सामुदायिक बन, बन पैदावार व्यवसायी महासंघ, बन सम्बद्ध संघ संस्थाहरुले समेत सरकारको निर्यण गलत भएको भन्दै सच्याउन दबाब दिदै आएका छन् । कोरोना महामारीका बेला बढ्दो आर्थिक संकट र बेरोजगारीलाई केहि हद सम्म थेग्ने बनजन्य वस्तुको कारोबारमै सरकारले अंकुश लगाउदा थप समस्या बढेको सामुदायिक बन महासंघका प्रदेश सदस्य राम बहादुर केसीले बताउनुभयो ।

प्रकाशित : १४ पुस २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६