अर्थ-वाणिज्य

बन्द बिफल गर्न कपिलवस्तु प्रहरीको आक्रमक रणनीति



कपिलवस्तु १५ पुस ।कपिलवस्तुमा वन उपभोक्ताहरुले पौष १६ गते अर्थात बिहिबार घोषणा गरेको कपिलवस्तु जिल्ला यातायात बन्दलाई रोक्ने जिल्ला प्रहरीले जनाएको छ । बन सञ्जालले बन्दको यातायात बन्दको घोषणा गरेपनि यातायात सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ । कपिलवस्तुका प्रहरी प्रमुख नबराज अधिकारीका अनुसार बन्द रोक्न ठाउठाउमा प्रहरी परिचालन गरिने बताउनुभएको छ । यातायात बन्दको घोषणाले माग पूरा हुदैन बिकल्प अरु पनि छन यसरी आमहडताल गर्दै जनतालाई सास्ती दिएर बन्द गर्न नदिने उहाको भनाई छ ।

    यता सरकारले वैज्ञानिक वन व्यवस्थापनमा लगाएको रोक फिर्ता नलिएको भन्दै प्रदर्शन जारी राखेका छन् । उनीहरुले हिजो कपिलवस्तुको चन्द्रौटा डिभिजन वन कार्यालय घेराउ समेत गरेका छन् । सामुदायिक तथा साझेदारी बनका उपभोक्ताहरुले सरकारले गरेको निर्णय बिरुद्ध प्रर्दशन समेत गरेका थिए । वैज्ञानिक वन व्यवस्थापन सहित देशभरी काठजन्य वस्तुमा लगाएको प्रतिबन्ध फुकुवा गर्न पटक पटक माग गरेपनि त्यसलाई सरकारले बेवास्ता गरेका कारण सडकमा उत्रिन परेको आक्रोश व्यक्त गरेका थिए ।

    जेष्ठ १५ गते गरेको मन्त्रीपरिषदको निर्णय असान्दर्भीक, हचुवाको भरमा ल्याइएको, यो नीतिले विदेशी काठको आयात बढ्ने र नेपाली काठ जंगलमै कुहिने अवस्था आएकोले निर्णय सच्याउन आग्रह गरेको समितिका संयोजक रेनु सेनले जानकारी दिनुभयो ।

प्रकाशित : १५ पुस २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६